राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिक आइरहंदा धेरै गीतहरु सार्बजनिक भैरहेका छन् । यस भित्र धेरै कलाकारहरुले मात्र आफ्नो सांगीतिक व्यवसाय उच्च बनाउनको लागि ति सृजनाहरु पस्किएका छन् । तर मौलिक तिज गीतको यथार्थ स्वाद यी गीतहरुको भिडमा हराउने हो कि भन्ने जस्तो शंकोचले उनै सर्वप्रिय सर्जक एवं गायक कस्तुप पन्तले भने आफ्नो लय तथा शब्द सिर्जनामा पछिल्लो पटक “चेलीको आँशु” एक निकै मन छुने तिज गरेका छन् ।

सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ ।

मनु पन्तको यस गीतमा जन्म घर छोडेर पराइघर पुगेकी चेलीको बेदना समाबेस गरिएको छ । यस गीतलाई लय शब्द कस्तुप पन्तले भरेका हुन् भने स्वर अहिलेकी चर्चित गायिका पूर्णकला बि.सी को सुन्न सकिन्छ । गीत सुन्दा र भिडियोमा कैद गरिएको भाव हेर्दा कटक्क मन बिझाउने यस गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र डी,के को अभिनय देख्न सकिन्छ । प्रकाश भट्ट द्वारा निर्देशित भिडियोलाई छायांकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया