रोशन पोखरेल, काठमान्डाँै , साउन ३
नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुचाइएका गायक भिम ज्वलन्त योगी र रिता मगरको सन्देशमुलक गीत “बिकृति छाको छ ” को भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा सो गीत बजारमा ल्याएको उनले बताएका छन । लोकदोहोरी पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गीत बजारमा आफुले ल्याएको गायिका रिता मगरले जानकारी दिइन । गीतमा रिता मगर र भिम ज्वलन्त योगी को आवाज रहेको छ ।
समाजको तितो यथार्थलाई गीतमा समेटने प्रयास गरिएको छ । ममता खत्री तथा भिम ज्वलन्त योगीको शब्द तथा संगीतमा गीत तयार गरिएको हो । गितको डान्सिङ भिडियो लाई दिनेश मुस्कानले क्यामेरामा कैद गरेका छन भने डान्सिङ गीतहरुमा एकराज थापाले निर्देशन गरेका छन । भिडियोमा सागर , रुविना विष्णु लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । कलाकारको अभिनयलाई जिवन्त राख्दैको भिडियो सम्पादन दिनेश मुस्कानले गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया