बिरेन्द्र कुमार साह ,
गायिका पुजा गुरुङ र गायक तथा सर्जक यज्ञ सापकोटाको ”रातो सारी” बोलको म्युजिक भिडियो युत्युबा मार्फत सार्वजनिक भएको छ। यज्ञ सापकोटाको लय तथा शब्द रहेको यस पालीको तिज गितीको म्युजिक भिडियोमा गायिका पुजा गुरूङ्को स्वर रहेको छ भने गीतलाई पुनम अडियो भिडियोले बजारमा ल्याएको हो ।

नेपालि गायन क्षेत्रमा उडाउदै गरेकी गायिका हुन् पुजा उनको आवाजमा एउटा छुट्टै किसिमको जादु छ , लोक संगीतमा पछिल्लो पुस्तामा निकै राम्रो स्वर भएकि गायिका हुन् पुजा । उनको स्वरमा रहेका धेरै गीतलाई दर्शक स्रोताले निकै मन पराएका छन् ।

यादव देबकोटा(सरापे) सँगै मदन खड्का,रिना थापा र रन्जिताको यस म्युजिक भिडियोमा जिवन्त अभिनय रहेको छ । विकाश ज्ञावालीले भिडियोलाई सम्पादनगरेका हुन भने टंक के.सी को छायांकन रहेको भिडियो निर्देशन मदन खड्काले गरेका हुन । उनको अर्को तिज कोसेली बरिलै तिजको माहोल पनि बजार मा आउने तयारी मा छ जसमा उनको र महेश बिक्रम पाण्डे को स्वर रहनेछ ।

तपाईको प्रतिक्रिया