रोशन पोखरेल,काठमाडौं, साउन ७ – नेपाली हिन्दु नारीको महान पर्व नजिकिँदै गर्दा तीजका गीतको बजारमा आउने क्रम पनि बढिरहेको छ । यीनै तीज गीतको भिडमा सन्तोष श्रेष्ठको सर्बोकृष्ट लय सिर्जनामा गायिका लिला कंवर गुरुङ र चन्द्रा चलाउनेको संयुक्त्त तीजको कोशेली “सौता २”को भिडियो सार्वजनिक भएको छ ।

तीजका गीतमा विकृति बढीरहेका बेला उनले भने गाउँघरका भाका संकलन गरी तीज गीत तयार पारेकी छन । आफूले गाउँकै भाका संकलन गरेर तीज गीत तयार पारेको गायिका लिला कंवर गुरुङले बताईने । ‘जसरी पनि विकाउने उद्देश्य मेरो होइन, तीज हाम्रो परम्परा हो, हाम्रो संस्कार हो, त्यसैले तीजका लागि तीजकै विषय समेटेर गीत तयार पारेको छु, व्यापारका लागि त जस्तो गीत निकाले पनि हुन्छ, जहिले निकाले पनि हुन्छ’ तर आफनो मौलिक सस्कारलाई गलत तरिकाले आफनो गीतमा प्रयाग नगरिएको उनले दावि गरिन ।
लिला कंवर गुरुङको मौलिक शब्द सिर्जनामा सन्तोष श्रेष्ठको लय सिर्जना रहेको छ । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । भिडियोमा निरु खड्का , दमन रुपाखेती , विन्दु वि एमको अभिनय तथा नित्य रहेको छ । गीतको भावहरुलाई जिवन्त रुपमा भिडियोमा निर्देशन काजिश श्रेष्ठले दिएका छन ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया