राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल गायिका उमा श्रेष्ठको यसपालिको तीज संगीतिको कोसेली “भाइराल तीज गीत” सार्बजनिक भएको छ । भाइराल तीज गीत नाममा बजारमा आएको यो तीज गीत उमा श्रेष्ठको नाममा सार्बजनिक भएको हो । हरेक नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुले पछिल्लो समयमा नयाँ बिषय खोजिरहेका हुन्छन् ।

सोहि क्रममा उनले यस बर्षको तीज २०७५ सालको शुभकामना सहित यस गीतलाई समय सान्दर्भिक बिषयमा बजारमा प्रस्तुत गरेकी छिन् । प्रस्तुत गीतमा डी.बि लोप्चन र उमा श्रेष्ठको सुमधुर स्वर रहेको छ । धमाकेदार स्वादमा बजारमा आएको यस गीतलाई लय तथा शब्द सिर्जना दिपक शर्माले भरेका हुन् । गीतको रोमान्चक भावअनुसार म्युजिक भिडियोलाई पनि निकै उकृष्ट प्रदान गर्दै डिजिटल बजारमा भाइराल बनाउने कोसिस गरिएको छ ।

भिडियोमा अन्जली अधिकारी र सन्जिब ठकुरीको रोमान्चक अभिनय सजिएको छ । भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने निर्देशन बिक्रम चौहान र सम्पादन मिलन बि.क ले गरेका छन् । हामी गायिका उमा श्रेष्ठलाई गीतको नाम अनुसार यस बर्षको तीज लक्षित यो भाइराल बन्न सफल होस् भन्दै शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया