राजु बोहरा–काठमाडौँ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरु पछिल्लो समयमा प्रसस्त सार्बजनिक भैरहेका छन् । सोहि क्रममा हरी बहादुर काफ्ले मगर र बुद्ध लामाको संयुक्त प्रस्तुति “भन्दया छु बुढी पाइन्ट नलाउ साडी” बोलको गीत पनि संगीत सरोबरको युट्युब च्यानल मार्फत हालै सार्बजनिक भएको छ । जब तीज आउछ, त्यस पछी आफ्नो श्रीमान संग अनेकौं किसिमको माग हुने गर्दछ, त्यो मागमा पनि समझदारी भएको भाव प्रस्तुत गीतमा पाइएको छ ।

पल्लो घरको दिदीले आइ फोन बोकी हिड्छ, न त मलाई साडी दिन्छ न पाइन्ट दिन्छ, भन्देउन बुढा पाइन्ट लाउँ कि साडी भन्दै एक श्रीमतीले ब्यक्त गरेको भावलाई प्रतिउत्तमा श्रीमानको तर्फ बाट, घाटी हेरी हाड निल्नु पर्छ र देशको सारा संस्कृतिलाई हामीले भुल्नु हुन्न भन्दै सामाजिक विकृतिलाई यस गीतले प्रहार गर्न खोजेको छ ।

तिर्थ बिरक्त पाख्रिनको रोमान्चक लय शब्दले सजिएको यस गीतलाई हरि बहादुर काफ्ले मगर र सम्झना लामा अविरलको कर्णप्रिय स्वर रहेको छ । “भन्दया छु बुढी पाइन्ट नलाउ साडी” बोलको गीतलाई अहिले भने एनिमेसन भिडियोको रुपमा मात्रै सार्बजनिक गरिएको छ ।
एनिमेसन भिडियो हेर्न र गीत सुन्नको लागि तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया