रोशन पोखरेल , साउन १५ । नेपाली आधुनिक सुगम संगीतमा नव प्रवेशी कलाकारहरुको आवागमन भैरहेको अवस्थामा गायिका विष्णुमाया राईको कर्णप्रिय आवाजमा रहेको गीतकार इन्द्र दाहाल शिशिर द्धारा लिखित “सायद मेरो गल्ती भयो की ” गीतको भिडियो सार्वजनिक भएको छ ।
जिवनका बास्तविकतालाई कलात्मक रुपमा गीतमा मर्म स्पर्शी रुपमा ब्यक्त गरिएको छ । गीतमा गणेश गन्धर्वको संगीत गीतमा रहेको छ । प्रेमका मार्मिक भावहरु गीतको भिडियोमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन , र बविता श्रेष्ठको निर्देशन गीतमा रहेको छ । गीतको भाव अनुसारको अभिनय सरिता राई , इन्द्र दाहाल शिशिर र यमुना कुमालले गरेका छन ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया