ज्याज प्रोडक्सनको प्रश्तुतीमा गायकद्वय सलिन मगर र अभिषेक कार्कीको पहिलो म्युजिक भिडियो “पछुतो” सार्बजनीक भएको छ, सलिन अभिषेक कै संगीत रहेको “पछुतोमा जगन्नाथ धुगोदाको तबला मिलन घिमिरेको बासुरी र प्रविन खड्काको ड्रम रहेको छ भने गायक सलिन र अभिषेक आफैले गितार तथा किबोर्ड बजाएका छन् साथै बिनायमान अमात्यले ब्यास गितार बजाएका छन. लामो समय ब्यबसायिक रूपमा कभर गीत गाउदै आएका सलिन र अभिषेकको आधिकारिक रूपमा सार्बजनिक भएको यो पहिलो गीत हो .

वेस्टन र इस्टन दुवै जेनेराको फ्युजन रहेको यो गीतलाई छोटो समयमा नै दर्शकहरुले धेरै रुचाइ सकेका छन् . मानिसले आफ्नो जीवनमा चाहेर नाचाहेर गरेका भूलबाट पाठ सिक्दै पछुताएको काहानी गीतको शब्दमा निकै भावुक तथा रोमान्चक तरिकाले गायक द्वय सलिन र अभिषेक ले पस्केका छन् . गत हप्ता युट्युबमा सर्बजन्निक भएको “पछुतोले” सतप्रतिशत सकरात्मक प्रतिक्रिया पाइरहेको छ .

नेपाली सांगीतिक क्षेत्रमा फरक प्रश्तुति दिन खोजेका सलिन र अभिषेकको दोश्रो गीत पनी छिट्टै बजारमा आउन लगेकोको कुरा गायक द्वयले जानकारी दिए .

तपाईको प्रतिक्रिया