रोशन पोखरेल ,काठमाडौं , साउन २१ । लोक दोहोरी सर्जक भवानी पाण्डेको प्रस्तुतिमा नारीहरुको वेदनाले भरिएको गीत एल्बम ‘फर्की आउनु घर’ सार्वजनिक भएको छ । मौलिक लोक सिर्जनाले नेपाली पनको आभास दिलाउने यस एल्बममा गाउँघर मेला पात तथा गोठालो जाँदा आफ्नो परम्पराका दुख सुखका प्रेमका भावहरुलाई लोकदोहोरीमा समेटेको छ । परदेशी भुमिमा रहेका श्रीमान र श्रीमतिको मनको वियोगको भावहरुलाई गीत मार्फत समेटिएको छ ।
सुमधुर स्वरकी धनी गायिका भवानी पाण्डे र गायक विनोद बावु केसीको आवाजमा रहेको मार्मिक लोक सौगात बजारमा आएको हो । आफना प्रेमीलाई जसरी भएपनि आफनै घरमा जसरी भएपनि आउन आग्रह गरिएको छ । भवानी पाण्डेको सर्वाेकृष्ट शब्द तथा राम्रो लय सिर्जना रहेको छ । राहुल राई को छायाँकन तथा विनोद बावु केसीको सम्पादन तथा रेशम सापकोटाको निर्देशनमा गोरन चौधरी , मनिसा राई , भवानी पाण्डे , राजन पौडेल र योनका लब्ली को अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया