तीज पर्वको संस्कार हेर्ने हो भने गीत महिलाले मात्र गाउने र नाच्ने पर्व हो । पहिले पहिले पुरुषले गाउन र नाच्न हुँदैन भनिन्थ्यो आजकल तीजको गीत दोहोरीमा रुपान्तरीत हुँदै गएको आभास हुन्छ । यस्तो स्थितिमा गत शनिबार काठमाडौंको धर्मस्थली र सोह्रखुट्टे स्थित सम्राट पार्टी प्यालेसमा ‘आफ्नै भयो पराईको घर पनि’ बोलको वास्तविक तीज भाकाको गीत दिनभरी गुञ्जयमान भयो । सञ्चारकर्मी सविता पोखरेलको शब्द र काव्य आचार्यको आवाजको स्वरले सजिएको गीत छायांकनको क्रममा गुञ्जयमान भएको हो । चाँडैनै सार्वजनिक गरिने भनिएको ‘आफ्नै भयो पराईको घर पनि’ बोलको गीतको छायांकन समापन भएको छ ।
आफ्नै भयो पराईको घर पनि
बिरानो भो माइती आँगनी
मै चेलीलाई
जस्तो यथार्थ भावबाट गीतको उठान गरिएको छ ।
तीजमा विविध कारणले माइती जान नपाउँदा चेलीको मनमा खेल्ने भावनाहरुलाई समेटिएको गीतको भिडियोलाई राजिब श्रेष्ठले एक्सन कट गरेका छन् । पछिल्लो समयकी व्यस्त एवं चर्चित मोडल रिना थापा मगर, अर्की मोडल मेलिना ठकुरी र नव मोडल रिना राउतले गीतमा शसक्त अभिनय गरेका छन् । ले सबैको मन जित्नेमा यस गीतका सम्पूर्ण टिम ढुक्क रहेको छ । गीतको कोरियोग्राफी पनि निर्देशक स्वयं राजिव श्रेष्ठको रहेको छ । म्यूजिक खबरको प्रस्तुतिमा गीत चाँडै नै सार्वजनिक हुने जानकारी प्राप्त भएको छ ।
पुरानो गीतको वास्तविक तीज भाकामा तयार भएको यस गीतमा विपीन आचार्यको संगीत संयोजन रहेको छ ।

तपाईको प्रतिक्रिया