दिनेश न्यौपाने, काठमाडौ । पछिल्लो समय कलाकारहरु इन्टरनेटको सहज पहुचसंगै युटुव केन्द्रित हुदै गएका छन् । उनिहरु आफ्नो र आफ्नो गितसंगितको लोक प्रियता बढाउनका लागी त्यसतर्फ केन्द्रित भएका हुन् ।

यसले गर्दा रेडियो र टेलिभिजनमा गितसंगित कम व्यवस्थापन हुदै गएका छन् । भने अर्को तिर आम्दानी पनि असुरक्षित देखिएको छ । आज भन्दा केहि समय पहिला नेपाली गीत संगितको संरक्षण संबद्धन र प्रसारण लागी क्यासेट चक्का र रेडियो टेलिभिजन एउटा गतिलो माध्याम थियो ।

तर अब बिस्तारै युटुवमा कलाकारहरु केन्द्रित भएका छन् । इन्टरनेटको सहज पहुच, बढि भन्दा बढि लोक प्रियता र केहि आम्दानी होस भन्ने अहिलेका कलाकारकारको मनोभाव बनेको छ ।

गायिका कोमल वली भन्छिन् । बिश्वमा आफ्नो कला र उत्पादनकोसहज पहुच पुर्याउन र प्रविधीसंगै जिवन्त राख्न सकिन्छ भनेर त्यसतर्फ केन्द्रीत भएको हुन सक्ने अनुमान गर्छिन् ।नेपालमा एउटा म्यूजिक भिडियो निर्माण गर्न कम्तीमा पनि १ लाख ५० हजार खर्च लाग्छ ।

भिडियोबाट आउने आम्दानी भने सुन्य प्राय छ । लगानीको १५ प्रतिषत पनि उठाउन कलाकारलाई हम्य हम्य छ । लोक दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनि भने युटुवको बिषयमा सकरात्मक देखिदैनन् । उनि भन्छन् “युटुव व्यवसायिकरुपमा घाटा छ ।”

यो माध्याम नेपालबाट संचालित नभएका कारण पनि आफ्नो उत्पादन यसमा सुरक्षित छैन् । पंगेनीका अनुसार युटुवलाई भन्दा रेडियो टेलीभिजनलाई प्राथमिकतामा राखेर व्यवस्थापन गर्न सके कलाकारको आम्दानी सुरक्षित छ । युटुवमा कलाकारले आफैले लगानी गरेका छैनन् उनिहरु कम्पनिको माध्यामबाट आफ्ना सिर्जनाहरुलाई प्रसाराण गरिरहेका छन् । यसले गर्दा पनि उनिहरुलाई आम्दानि हुन सकेको छैन् ।

युटुवको आम्दानि भनेको गुगल बिज्ञापन हो । च्यानलमा अआएको बिज्ञापन र त्यसको रेभिन्युको आधारमा केहि अंस पाउने हो । त्यसको पनि ४५ प्रतिषत मात्रै गुगलले दिने हो। बाँकी ५५ प्रतिषत गुगल आफैले राख्दछ । गुगल प्यासिभिक सिंगापुरले यसको पैसा पठाउने हो ।

नेपालमा कलाकारले आम्दानी भन्दा पनि आफुलाई चर्चामा ल्याउन युटुवमा लागानी बढि गरेका छन् । यसले गर्दा आम्दानी भैनरहेको बिन्द्याबासिनी म्यूजिक प्रालिका प्रवन्ध निर्देशक सुभाष रेग्मी बताउछन् ।

नयाँ कलाकारलाई सांगितीक क्षेत्रमा मार्केटिङ्ग गर्न युटुव सजिलो माध्याम बनेको छ । तर दिगोपन र आर्थीक उपार्जनका लागी भर पर्दो माध्याम भने बन्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया