काठमाडौं । गीतले मनोरञ्जन मात्रै होइन सन्देशमा पनि दिएको हुन्छ । कला, गीत संगीत समाज परिवर्तन र चेतना जगाउने सशक्त माध्यम पनि हो । त्यसैले समाजका हरेक घटनाक्रम र विषयबस्तुमा गीत बनेका हुन्छन् । पछिल्लो समय चुनाव प्रचारप्रसारमा गायक गायिकालाई प्रयोग गरिन थालेको छ । यसले गीतसंगीत तथा गायक गायिका र संगीकारको सशक्त क्षमताको मापन पनि हो ।

यस वर्षको नेपाली नारीको महान पर्व हरितालिका तीज आउन बाँकी रहेको छ । अहिले लोकदोहोरी गायिकाहरु तीज विशेष गीतहरु सार्वजनिक गरिरहेका छन् । यसैक्रममा चन्दा अर्याल र पूजा पौडेलले पनि तीज गीत बजारमा ल्याएका छन् । आफ्नो गीतको माध्यमबाट उनीहरुले दिदीबहिनीबीचको सम्बन्ध सुमधुर रहने भन्दै यसले नै निरन्तरता पाउनु पर्ने सन्देश प्रवाह गरेका छन् ।

ओएसनेपालसँगको कुराकानीका क्रममा आफ्नो तीज गीत प्रस्तुत गरेका उनीहरुले दिदीबहिनीले एकअर्कामा गरेको ख्याल र माया तथा हरेक पाइलामा गराइने सचेतकाबारे दर्शाएका छन् । साथै मानिसहरु कसरी सुखी रहने भन्नेबारेमा पनि उनीहरुले गीत मार्फत सन्देश दिएका छन् ।

तपाईको प्रतिक्रिया