काठमाडौं – नेपाली माइकल ज्याक्सनको रुपमा परिचित गायक धिरज राई, अहिलेकी हिट गायिका टिक प्रसाई लगायत करिब आधा दर्जन गायक, गायिकाले दर्शक नचाउने भएका छन् । आगामी २४ अगष्ट अर्थात ८ भदौमा हुने ‘फ्राइडे नाइट विथ कलाकार’कार्यक्रममा यी कलाकारले दर्शक नचाउने भएका हुन् ।
काठमाडौ बिजनेश पार्क टेकु अवस्थित मसला कटेज एण्ड लन्चबारमा आयोजना हुने कार्यक्रम ‘फ्राइडे नाइट विथ कलाकार’ नेपाल मोडलिङ संघको सहकार्यमा मसला कटेजले नै आयोजना गर्न लागेको हो । कार्यक्रममा गायक धिरज राई, टिका प्रशाइका अलवा गुन्जन श्रेष्ठ, उत्तम श्रेष्ठ, सरुना खत्री लगायत कलाकारको समेत प्रस्तुति रहनेछ ।
चर्चित गायक गायिकाको लाइभ गीत संगीतमा दर्शकलाई मनोरञ्जन गराउने उदेश्यले कार्यक्रम गर्न लागिएको मसला कटेजका प्रवन्ध निर्देशक मिलेस रायले जानकारी दिए । ‘गीत संगीतसँगै दर्शकले कलाकार सँग पनि साक्षत्कार गर्न पाउने छन्’ रायले भने ‘दर्शक र कलाकार नजिक गराउने कार्यक्रमको उदेश्य हो ।’ कार्यक्रममा दर्शकले फर्माइस गरेर समेत कलाकारलाई गाउँन लगाउन सक्ने उनले खुलाए ।
‘नयाँ तथा पुराना हिट गीत आफुले कार्यक्रममा राख्ने गायक धिरज राइले बताए । उनले भने ‘दर्शकसँग नजिकिएर प्रस्तुति दिन कार्यक्रमम महत्वपुर्ण सिद्द हुनेछ ।
गायिका टिका प्रसाइले पनि अहिलेको हिट गीत ‘माया लुकी लुकी’ लगायत केही गीत आफुले कार्यक्रममा प्रस्तुत गर्ने बताइन् ।

तपाईको प्रतिक्रिया