(साउन २९, काठमाडौं) । चर्चित गीतकार तथा समाजसेवी दिलीप योन्जन तामाङले गरिवी तथा अशिक्षाको अन्धकारलाई हटाई उज्यालो दियो वाल्ने क्रममा ५५ जना विद्यार्थीलाई पूर्ण छात्रवृक्ति प्रदान गरेका छन् ।

चार बर्षअघि १ जना नेत्र मोक्तान तामाङलाई ऋःब् पढाउन शुरु गरी आज सम्म उक्त अभियानमा उनले श्री जय भद्रकाली आधारभूत विद्यालयमा ५२ जना १ देखी ८ सम्म, १ जना नर्शिंग कलेज बिर अस्पताल र २ जना बुढानिलकण्ठ माध्यमिक बिद्यालयमा भर्खर पढ्न शुरु गरेका गरी नेपालमा ५५ जना बालबालिकाहरु उनको पूर्ण छात्रवृतिको सहयोगमा पढीरहेका छन् । ५२ जनामा १४ जना अनाथ बालबालिका रहेका छन् ।

स्वार्थको सामाजिक कदम भन्दा माथि रहि देश र जनताको निम्ती आफ्नो मातृत्व सम्झी दुखी र गरिव जनताको सेवामा समर्पित तामाङले अमेरीकामा वसी दुखले कमाएको केही रकमले नेपालमा सामाजिक क्षेत्रमा सहयोग गर्ने गरेका छन् । दुःखीलाई सेवा गर्नु आफ्नो जीवनको सवैभन्दा ठूलो कर्म रहेको बताउने तामाङले अमेरीकामा वसी विभिन्न संघ संस्थामा कार्यरत रहेका छन् ।

नेपाल आएको समयमा उनले आफुले पूर्ण छात्रवृति दिएर पढाएको बालबालिकाहरुलाई भेटेर फ्रुटी, बिस्कुट र खाजा खुवाउनुका साथै उनीहरुको शिक्षाको बारेमा सम्वन्धित स्कुलका शिक्षकहरुसँग जानकारी लिएका थिए । ती बालबालिकाहरुको अपार माया, स्कुलका शिक्षकहरुको सद्भाबले आउदा दिनमा थप समाज सेवा गर्ने आफुलाई हौसला मिलेको तामाङले बताए ।

तपाईको प्रतिक्रिया