काठमाडौँ । चर्चित मोडल करिश्मा ढकाल र उनकी सानी आमा लक्ष्मी ढकाल बिचको द्धन्द्ध उत्कर्षमा रहेको छ । श्रीकृष्णबम मल्लकी पतिनी लक्ष्मी ढकालकी दिदीकी छोरी करिश्मालाई यो जोडीले शेल्फी एक बोलको गीतबाट डेब्यू गराएका हुन् । करिश्माले लक्ष्मीको शेल्फी २ र ३ मा काम गरेपछि शेल्फी ४ मा उनलाई खेलाइएन । एउटै परिवारका सदस्य भएपनि करिश्मा र लक्ष्मीबिचको मनमुटाव उत्कर्षमा पुगेको छ ।

करिश्माले कुराकानीमा उनका सानाबाबु र सानीआमाले आँफुलाई आफ्ना दर्शक र श्रोताका अगाडी नराम्रो कमेन्ट गर्दै हिँडेको र थुकेको देख्दा आँफुलाई धेरै दुखा लागेको बताएकी छिन् । मोडल ढकालले लक्ष्मीले आँफुलाई आफ्नो बारेमा निकै नराम्रा तर्कहरु गर्दै आफ्नो बारेमा नराम्रा आरोपहरु लगाउँदै गएको भन्दै आँशु समेत झारीन् । करिश्माकी सानीआमा लक्ष्मीले भने करिश्माका विषयमा कुनै प्रतिक्रिया दिन चाहिनन् । थप भिडियोबाट

तपाईको प्रतिक्रिया