काठमाडौं, भाद्र २ – नेपाली आधुनिक गायन क्षेत्रमा कम सिर्जनाहरु आइरहेको अवस्थामा गायक अजय नगरकोटीको शब्द तथा संगीतमा “मनमा बस्ने मायालु ”बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा मायाका भावहरुलाई समेटिएको छ । प्रेममा रहेका जोडिहरुको मनको भावहरुलाई गीतमा समेटिएको छ । गीतमा गायक अजय नगरकोटी र गायिका माण्डवी त्रिपाठीको आवाज रहेको छ ।

हरिश महराको छायाँकन , चेतन सागरको सम्पादन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा विनिता लामा , जगत थिङको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस । ः

तपाईको प्रतिक्रिया