मदनकृष्ण सिलवाल
काठमाडौँ, ३ भाद्र । हिन्दू संस्कृतिको विकास र विस्तारमा अब युवा पुस्ताहरु जुट्नुपर्ने आवश्यकता महसुस भइसकेको पूर्व प्रधानसेनापति तथा रुक्मागद कटवाल ट्रष्टका अध्यक्ष रुक्मागद कटवालले बताउनुभयो ।
हिजो राजधानी शान्ति समृद्धि र दिगो विकासका लागि मानवीय कार्य (ज्ब्एएक्)द्वारा (होटल हार्दिक बागबजारमा) आयोजित हिन्दू संस्कृतिको महत्व विषयक अन्तरदेशीय कार्यक्रमका अवसरमा प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुभएका पूर्व सेनापति तथा धार्मिक व्यक्तित्व कटवालले सो धारणा राख्नुभएको हो । सो कार्यक्रम सम्पन्न गर्न अर्याल समाज नेपाल–उपत्यका समन्वय कमिटी र सल्लाघारी एल्मोनाइ एसोशिएसन (क्ब्ब्ल्) सहकार्यको भूमिका निर्वाह गर्नुभएको थियो ।
पछिल्लो समयमा हिन्दू संस्कृतिप्रति युवाहरुको उदासिनता रहेको कारण अब युवा पुस्ताहरुमाझ धार्मिक एवं सांस्कृतिक जागरण ल्याउने उद्देश्यले कार्यक्रमको आयोजा गरिएको शान्ति समृद्धि र दिगो विकासका लागि मानवीय कार्य (ज्ब्एएक्)का अध्यक्ष कुशल अर्याले बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव ठाकुरप्रसाद खनाले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सम्झना पौडेलले गर्नुभएको थियो ।
सो अवसरमा प्रा.डा. लक्ष्मीकान्त पन्थीले हिन्दू संस्कृतिभित्रको व्यवहारिक पाटोको बारेमा चर्चा गर्नुभएको थियो भने भारद्वाज सांस्कृतिक सम्वद्र्धन केन्द्रका उपाध्यक्ष मधुसुदन सुवेदीले हिन्दू संस्कृतिभित्र र युवा पुस्ताको बारेमा स–विस्तार वर्णन गर्नुभयो । त्यतै, महिला वातावरण समूहकी अध्यक्ष अञ्जुसिंह शाहले हिन्दू संस्कृतिभित्र महिलाका सन्दर्भलाई संक्षेपमा चर्चा गर्नुभयो ।
कार्यक्रममा अतिथिहरुमा प्रा.डा. फत्तेबहादुर केसी, हिमालयन टेलिभिनका प्रमुख सुशील अर्याल, अर्याल, समाज उपत्यका समन्वय समितिका अध्यक्ष गोविन्द अर्याल, समाजसेवी भेषन्द्रकुमार अर्याल, समाजसेवी तथा उद्यमी शरणकुमार अर्याल, समाजसेवी सपना अर्याललगायत हुनुहुन्थ्यो ।
सो अवसरमा अर्यालय समाज नेपालका केन्द्रीय अध्यक्ष ध्रुवप्रसाद अर्यालले हिन्दू संस्कृति विषय कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने छिमेकी देश भारत उत्तर प्रदेश क्षेत्र पञ्चायत सदस्य तथा प्रियदर्शनी फाउन्डेसन ट्रष्ट सदस्य वृजेशकुमार मिश्राले नेपाल–भारतको हिन्दू सनातनका सबल पक्षहरुका बारेमा चर्चा गर्नुभएको थियो ।
महिला वातावरण समूहकी अध्यक्ष एवं वातावरणविद् अञ्जुसिंह शाह, सहकारीकर्मी एवं समाजसेवी उर्मिला डंगोल, शिक्षासेवी अनिता काफ्ले, युवा उद्यमी शंकर देवकोटा, अरुण अर्याल, मलेसिया राजदूतावासका पूर्व पवक्ता सुजन अर्याल, सौन्दर्य व्यवसायी अनिता श्रेष्ठ र ज्ब्एएक् का पूर्व अध्यक्ष बासुदेव खनाललाई सम्मानीत गरिएको थियो ।
त्यस्तैगरी कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउनुहुने व्यवसायी

तपाईको प्रतिक्रिया