काठमाडौं – श्री चन्द्रविन्दु इ। बो। स्कूल(SCIB) को आयोजनामा चौथो थ्री बाई थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगीता सम्पन्न भएको छ । यस आयोजनामा विभिन्न विद्यालयका ७० टिमले सहभागिता जनाएका थिए । जसमा सिनियर ब्वाइज तर्फ ३२ टिम, गल्र्स तर्फ २४ टिम र जुनियर ब्वाईज तर्फ १६ टिमले सहभागीता जनाएका थिए । प्रतियोगीता तीन दिनसम्म चलेको थियो ।

बसुन्धारास्थित आयोजक स्कूलको आफ्नै प्राङ्गणमा सञ्चालन भएको प्रतियोगीतामा सिनियर ब्वाइजतर्फ होप भ्यालि स्कुल ले उपाधी हातपार्न सफल भयो । फाइनलमा बिल्सन एकेडेमीलाई २१–२० को झिनो अन्तरले होप भ्यालि स्कुलले उपाधी उचालेको हो । उत्कृष्ट खेलाडीमा होप भ्यालिकै सिजन महत घोसित भए । त्यसै गरी सिनियर गल्र्स तर्फ आयोजक श्री चन्द्र विन्दु इ।बो।स्कुललाई पाखा लगाउदै निम्सले उपाधी हात पार्यो । निम्सले आयोजक माथि २१–६ को निक्कैनै सानदार जित हात पार्यो । गल्र्स सिनियर तर्फ निम्सकी सरस्वति बुढाथोकी उतकृष्ट खेलाडी चुनिइन ।

प्रतियोगीतामा सहभागी जुनियर ब्वाईज तर्फ महामञ्जुश्रीले एन्जल हर्टलाई हराउदै उपाधि हातपार्यो । महामञ्जुश्रीले एन्जल हर्टलाइ २१–१६ को अन्तरले हराएको हो । जुनियर ब्वाईज तर्फ महामञ्जुश्री का रमिन लामा उत्कृष्ट खेलाडी घोसित भए । तीन दिन सम्म चलेको प्रतियोगीतामा बिजयी टिम तथा खेलाडीलाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगीताको फाईनल सगै समापन कार्याक्रममा टोखा नगरपालिका मेयरको प्रमुख आतिथ्य रहेको थिए भने टोखा नगरपालिका का ५ नंं वडाका वडाअध्यक्ष जगन्नाथ ढकाल बिशेष अतिथि रहेका थिए त्यस्तैे ५ नंं वडाका वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो । प्रतियोगीतामा, वुद्धिजिवि, अभिभावकको समेत बाक्लो उपस्तितिमा भव्यताको साथ समापन कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया