चिप्ला चिप्ला कुरा सुन्दा मान्छे आहा लाग्छ ।
त्यसैले त आनि बानी पछि थाहा लाग्छ ।।

होस हाम्रो जोडी सधै चखेवाको जस्तो ।
त्यो माया देख्दा दुनियाँलाई डाहा लाग्छ ।।

बचन पिच्छे सर्त हुन्छ मान्छे पिच्छे कुरा ।
रुपले भाषा फेर्दा नियत, पिराहा लाग्छ ।।

सन्सारमा स्वार्थै स्वार्थ भित्र बाच्नेहरु ।
छेपारो झैँ रङ्ग फेर्दा रोगि निगाहा लाग्छ ।।

बुडी तरुनी बन्छ सिँगार पटार गर्दा ।
झुक्याउन सजिलो छ निकै वाहा लाग्छ ।।

दिप्रुङ्ग चुईचुम्मा गाउँ पालिका वडा न: ६ खोटाङ,

तपाईको प्रतिक्रिया