राजु बोहरा–काठमाडौँ । जब बर्ष दिनको चाड तीज आउँछ, तब हरेक बिबाहित नारीहरुले आफ्नो माइती घर गएर आफ्ना बर्षदिन भरिको थकाई मेट्दै आमा बाबा दाजु भाई संगै रहेर यो पर्ब मनाउने सोचमा हुन्छन् ।  तर यहाँ एक चेलीलाई आफ्नो श्रीमानले तीज पर्ब मान्न माइती जान नदिएको भावमा एक गीत सार्बजनिक भएको छ । लोक भनेको समाज हो, र समाजको घटना परिघटनालाई केन्द्रित गर्दै कुनै पनि लोक तथा दोहोरी गीतहरु बजारमा आउने गर्दछन् ।

हो यस्तै सामाजिक यथार्थतालाई यति बेला कलाकार बलराम पुनले आफ्नै लय तथा शब्द सृजनामा तीज सांगीतिक कोसेली “तीज आयो” मार्फत छर्लंग उतारेका छन् । निरु श्रीष मगरको कर्णप्रिय स्वर लहरिले सजिएको यस गीतको म्युजिक भिडियोमा रिना थापा मगर, सपना ढेंगा, नरेन्द्र पुन, सिता भट्टराई, र संगीत रेशमी मगरको मन छुने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सुमन थापा मगरले गरेका हुन् भने छायांकन मनोज चौहान मगर र सम्पादन प्रबिण रेशमी मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।  

तपाईको प्रतिक्रिया