काठमाडौं । अझै पनि नेपाली समाज पुरुषवादीको रुपमा अविन्नि जस्तै छ । पुरुष रुन हुन्न भनिन्छ तर नारीलाई रुवाउँनु हुन्न भनेर भनिदैन । यस्तो यथार्थतालाई समेत उतारिएको चलचित्र धूम ३ को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरको एक संवादमा आफ्नी श्रीमती कुट्ने श्रीमानलाई सक्ने भए गर्लफ्रेण्ड कुट्न चुनौती दिएको छ । छायाँकनको समय देखि नै अत्याधिक चर्चामा रहेको चलचित्र धूम ३ को लेखन, निर्माण तथा निर्देशन नायक जय किशन बस्नेतले गरेका छन् भने यो चलचित्र जय किशन बस्नेत फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण गरिएको छ ।

आफ्नो होम प्रोडक्सन तथा बाहिरका चलचित्रमा समेत ब्यस्त रहेका नायक जय किशन बस्नेतकै लेखन, निर्माण र निर्देशन समेत रहेको चलचित्र धूम ३ को ट्रेलरमा नायक बस्नेतका साथै नव नायिका एलिना रायमाझी प्रमुख भूमिकामा देखिएका छन् । चलचित्रको ट्रेलर हेर्दा नायक बस्नेतले अघिल्ला चलचित्रहरुमा झैं आफ्नो हाँस्य विधालाई छोडेका छैनन् । त्यसो त यस चलचित्रमा एक्सन, लभ स्टोरी तथा नारी समवेदनामा आधारित कारुणिक दृष्य पनि समेटेको देखिन्छ ।

यही आउँदो अशोज ५ गतेदेखि देशब्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा जय किशन बस्नेत र शिव विकको नृत्य, जीवन श्रेष्ठको छायाँकन, हिमाल के.सी.को द्वन्द, टंक बुढाथोकी र ओम सुनारको संगीत तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ । मानवीय दैनिकीको यथार्थतालाई सहज तरिकाले चलचित्रको पर्दामा उतारेको कारण पनि आफ्ना अघिल्ला चलचित्रहरुलाई भन्दा बढी यस चलचित्रलाई दर्शकहरुले अझ बढी माया गर्नेमा आफु आशावादी रहेको नायक, निर्माता तथा निर्देशक जय किशन बस्नेतले बताएका छन् ।

ट्रेलर हेर्न लिंकमा क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया