काठमाडौ । काठमाडौमा भएको रेक्स फेशन फ्युजन आइकन २०१८को पहिलो अडिसन सकिएको छ । यसै साता हायत होटलमा पहिलो अडिसन लिइएको थियो । रेक्स फेशन होम प्रा लिको आयोजना र कलेज अफ सेन्टृल स्टेटको मुख्य प्रायोजनमा भएको पहिलो अडिसन राउन्डमा १७५जना युवातिहरु मध्येबाट २० जना प्रतियोगीहरु छनोट भएका छन ।

सो प्रतियोगीताको पहिलो अडिसनमा गेस्ट वाक का लागी तालिम गराउने गरि १५जना मध्य ५ जना रयाम वाकको तालिमका लागी छनोट भएका छन । समाज सेवी विष्नुभक्त गोपालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको निर्णायक मण्डलमा रेक्स सीइओ रेक्स रञ्जित, कलेज अफ सेन्ट्रल स्टेटका शैक्षिक निर्दैशक पुष्पराज भटराई, मिस नेपाल कलचरलका विनर उरुषा जोशी, एसईई आइकन २०१८ बिजेता नैना खड्गी, र गाएक रुपेश डंगोल रहेका थिए ।

सो को दोस्रो अडिसन यसै साता अर्थात २०७५।०५।२३गते हुने आयोजक खगेस रञ्जितले बताएका छन् । मिस फेशन फयुजन २०१८ को दोस्रो अडिसनमा भाग लिनुहुनका लागी समेत प्रतियोगीलाई अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया