काठकाडौं । पछिल्लो समयमा बजन कृतनका गीत र म्युजिक भिडियो सार्वजनिक गरिन थालिएको छ । यसै अवसरमा दीपक रमणले नयाँ भजन बजारमा ल्याएका छन् । हिन्दु, धार्मिक मान्यता र ग्रन्थमा श्रीकृष्ण भगवानलाई स्वयं भगवान विष्णुको अवतार मानिन्छ । सबै देउतामा कृष्ण सर्वश्रेष्ठ भनिएको छ । मानिसमा के विश्वास छ भने श्रीकृष्णको नाम लिंदामात्र पनि सबै पाप नष्ट हुन्छ । उनको भजन, किर्तन र भक्ति गर्नाले ठूलो पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहि आएको छ ।

यसै सन्दर्भमा संगितकार दिपक रमणले कृष्ण भजनको भिडियो सार्वजनिक गरेका छन् । ‘सुधामा हैन म, प्रल्हाद हैन म, कृष्णजीको दर्शन कहाँ पाउँ म….’ बोलको भिडियोमा दिपक रमण, नम्रता राई आदिको स्वर रहेको छ भने शब्द, संगित रत्न बेहोसीको रहेको छ । यस भिडियोलाई स्टुडियो रिङ्गले युट्युव मार्फत सार्वजनिक गरेको छ ।

भिडियो सहित

तपाईको प्रतिक्रिया