काठमाडौं । आधा दशकदेखि नेपाली गीत, संगीत क्षेत्रमा लागिरहेकी सुरिलो स्वरकी धनी हुन् गायिका सानु खतिवडा । उनी सानै उमेरदेखि संगीत क्षेत्रमा सकृय रहदै स्कुले जिवनमा पनि थुप्रै साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो गलाको कला देखाई सकेकी छन् ।

वरिष्ठ संगित साधक प्रकाश गुरुङसंग संगीतको प्रशिक्षण लिएकी गायिका सानुले ‘पित्तलमा सुनको जलप छ ….’ बोलको गीत गायर यस क्षेत्रमा प्रवेश गरेकी हुन् । लोक, पप, आधुनिकमात्र होईन सबै प्रकारको गीत गाउन आफु तयार रहेको बताउने गायिका सानु चलचित्रको पाश्र्व गायनमा जम्ने सम्भावना बोकेकी आशा लाग्दी गायिका हुन् ।

कला र गला दुवैकी धनी दामभन्दा पनि देश र आफ्नो नाम नेपाली गीत, संगीतमा राख्न चाहन्छिन् उनि । ईलाम चौक बजारकी स्थानीय सानु खतिवडा गीत, संगीतको क्षेत्रमा नै संगर्षरत रहने बताउछिन् भने नृत्यमा पाङ्गत छन् भने केही म्युजिक भिडियोमा उनलाई देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया