रोशन पोखरेल , काठमान्डाँै , भदौ १८
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा गायिका प्रकृती थलाङको को निकै रमाइलो तिजको गीत “तीजैको बेला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
बुद्धविर राईको शब्द सिर्जना तथा तारा प्रकाश लिम्वुको मौलिक लय सिर्जना निकै रमाइलो गीत बजारमा आएको हो । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको कोरियोग्राफी र नेत्र किरातीको निर्देशन गीतको भिडियो निमाण गरिएको छ । गीतको भाव अनुसारको अभिनय श्रृजना तामाङ , सुकमित घिसिङ , आकाश थापा र शेर बहादुर मगरको नित्य रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया