गीतकार एवं सञ्चारकर्मी सुमन वैरागी ‘परदेशको पीडाभित्र घरबासको दुःख, कहिँ गए नि भेटिएन धन फल्ने रुख’ गीतबाट ‘नेशनल क्यापिटल म्यूजिक अवार्ड –२०१८’ मो सर्वोत्कृष्ट वर्ष गीत अवार्ड चुम्न सफल भएका छ ।
नेपाल पर्यटन बोर्डको सभागृहमा बिशिष्ट व्यक्ति, कलाकार तथा पत्रकारमाझ आयोजित कार्यक्रममा बिभिन्न ३५ बिधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा बरिष्ठ संगीतकार दिपक जंगमलाई लाईफटाइम एचिभ्मेन्ट सम्मान गरिएको थियो ।
यस अघि गीतकार संघले प्रदान गरेको ‘वर्ष गीत पुरस्कार २०७४’ पनि ५१ हजार रुपैयाँ राशि सहित सुमन वैरागीको यस गीतले नै चुम्न सफल भएको थियो ।
अवार्ड पाउन सफल उक्त गीतमा राजन ठकुरीको स्वर तथा संगीत रहेको छ । सुदिप सागरको एरेञ्ज रहेको छ भने किशोर थापाको मिक्सिङ रहेको छ । पुनश्चः गीतकार संघले प्रदान गरेको ‘वर्ष गीत पुरस्कार २०७४’ पनि यस गीतले नै चुम्न सफल भएको थियो ।
‘सर्वोत्कृष्ट वर्ष गीत’ बन्न सफल गीतको भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया