Flash

काठमाडौं : व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश नयाँ गीत सार्वजनिक भएको छ। आइतबार बुबाको मुख हेर्ने दिनको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेरो बाबा’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ।
अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन्। उनले भनिन्, ‘बाबा आमा विना आफ्नो अस्तित्व हुदैन्। यदि उहाँहरुले जन्म नदिनुभएको भए म यो स्थितीमा हुने थिएन्। त्यहीँ बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यस गीत लेखेकी हुँ।’ उनी आमाको स्वर्गाहोरण पछि बाबाले आमा-बाबा दुबैको माया दिनुभएको बाबालाई यस गीत उपहार दिएको बाउँछिन्।
युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा पुरना अभिनेता शिव श्रेष्ठ र हर्षिका श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा एन्जल गुप्ता र दिपेन गौतमको पनि अभिनय देख्न सकिन्छ। भिडियो केही सन्देशमुलक पनि बनाइएको निर्देशक वाइवा बताउँछन्। भन्छन्, ‘अहिले देशमा भइरहेको बलत्कारको विरुद्दमा यस भिडियो तयार पारेको छौं।’
त्यस्तै अभिनेता शिव श्रेष्ठले यस भिडियोमा अभिनय गर्न पाउँदा निकै खुसी भएको बताए। उनले भने, ‘धेरै फिल्ममा काम गरेपनि भिडियोमा काम गर्न पाउँछु जस्तो लागेको थिएन्। तर यति राम्रो गीतमा अभिनय गर्न पाएको छु निकै खुसी लागेको छ।’ हर्षिका पनि भिडियोमा काम गर्न पाउँदा खुसी भएको बताउँछिन्।
भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादनको जिम्मा निशान घिमिरेले लिएका छन्।
हेर्नुहोस् भिडियो :

Published date : २०७५-भाद्र-२४ १९:४८

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]