चर्चामा रङ्गपत्रकार सविता पोखरेललाई गीतकारको रुपमा यात्रा गर्दा पहिलो गीतबाटै चर्चा मिलेको छ । हिजो सम्पन्न पाचौं छायॉछवि तीज म्यूजिक अवार्ड २०७५ को अवार्डमा उनले पहिलो गीत ‘बिरानो भो माइतीको आँगनी’ बोलको गीतबाट इन्करेजमेन्ट अवार्ड हात चुम्न सफल भएकी छिन् ।
सविताको गीत सार्वजनिक भएसँगै गीतका शब्दहरुको चौतर्फी प्रशंसा भइरहेको थियो । गीत संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले समेत गीत मन परेको भन्दै सवितालाई बधाई सहित गीत शेयर गरिरहेका छन् । मिडियामा पनि गीतले राम्रो स्थान पाएको छ ।

सञ्चारकर्मी सवितासँगै समारोहमा गायिका सहिमा श्रेष्ठले उत्कृष्ट तीज गायिकाको अवार्ड हात पारिन् भने, गायिका मन्जु पौडेलको गीत माइतीको आँगनी उत्कृष्ट तीज गीत बन्न सफल भयो । विभिन्न ३१ विधामा अवार्ड वितरण गरिएको थियो ।
सोही अवसरमा रंग पत्रकार जयन सुब्बा मानन्धरलाई छायाँछवि रंग पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया