लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको ३ दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणअन्र्तगतको मनोनयन सूचि सार्वजनिक गरिएको छ। अवार्डको निर्णायक मण्डलले २०७४ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिकरुपमा प्रदर्शनमा आएका चलचित्र अवलोकन गरी तयार पारेको उत्कृष्ट ५ मनोनयनको सूचि सार्वजनिक गरिएको हो।
३१ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ अन्र्तगत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लीली बीली र शत्रु गते मनोयनमा परेका छन् भने निर्देशकमा चलचित्र छक्का पञ्जा २ बाट दीपाश्री निरौला, लिली बिलीबाट मिलन चाम्स, मंगलमबाट नवल नेपाल, शत्रु गतेबाट प्रदीप भट्टराई र कृबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन्। त्यसै गरी अभिनेतामा छक्का पञ्जाबाट दीपकराज गिरी, घामपानीबाट दयाहाङ राई, भ्mयानाकुटीबाट सौगात मल्ल, कृबाट अनमोल केसी, लिली बिलीबाट प्रदीप खड्का र मंगलमबाट पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्रीतर्फ ब्लाइन्ड रक्सबाट बेनिषा हमाल, शेरबहादुरबाट मेनुका प्रधान, पञ्चायतबाट नीता ढुंगाना, शत्रु गतेबाट प्रियंका कार्की, पिंजडा व्याक अगेनबाट सारा सिरपाली र मंगलमबाट शिल्पा पोखरेल मनोनयमा परेका छन्।
मनोयनमा सूचिमा छक्का पञ्जा २ सर्वाधिक धेरै १५ विधाको मनोनयनमा परेको छ। दीपाश्री निरौलाको निर्देशनमा बनेको छक्का पञ्जा २ निर्देशक, अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नव अभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगारको लागि मनोयनमा परेको छ। यो चलचित्रबाट हास्य कलाकार विधामा २ कलाकार केदर घिमिरे र जयनन्द लामा मनोनयमा परेका छन्। छक्का पञ्जा २ लाई पछयाउँदै कृ १३ र ए मेरो हजुर २ एघार विधाको मनोयनमा परेका छन्। कृ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, खलपात्र, सहअभिनेत्री, नव अभिनेत्री, बालकलाकार, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगार विधाको मनोनयनमा परेको छ भने ए मेरो हजुर २ नव निर्देशक, नव अभिनेता, सहअभिनेता, बालकलाकार, छायांकन, ध्वनि मिश्रण, सम्पादन, पाश्र्वसंगीत, गीतकार, संगीतकार र नृत्य निर्देशकका लागि मनोनयमा परेको छ।
त्यसैगरी लिलीबिली १० विधाको मनोनयमा परेको छ। यो चलचित्र सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, नव अभिनेत्री, पटकथा, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण र नृत्य निर्देशक विधाको मनोनयमा परेको छ। शत्रु गते र मंगलम ९÷९ विधाको लागि मनोनयनमा परेका छन्। शत्रु गते सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, हास्य कलाकार, सहअभिनेता, पटकथा, संवाद, पाश्र्वगायक र पाश्र्वगायिकाको मनोनयमा परेको छ भने मंगलम निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संवाद, संगीतकार, पाश्र्व गायक, पाश्र्वगायिका र नृत्यनिर्देशक विधाको मनोनयमा परेको छ। चलचित्र संरक्षण र भुईंमान्छे ७÷७ विधाको मनोयनमा छन्। संरक्षण नव निर्देशक, सहअभिनेता, खलपात्र, द्वन्द निर्देशक, गीतकार, पाश्र्वगायक र ध्वनि मिश्रणका लागि मनोनयमा परेको छ भने भुईंमान्छे नव निर्देशक, नवअभिनेत्री, बालकलाकार, कथा, पटकथा, संवाद र श्रृंगार विधाको मनोनयमा परेको छ। चलचित्र ब्लाइन्ड रक्स ६ विधा तथा घामपानी, पिंजडा व्याक अगेन, ऐश्वर्य र म यस्तो गीत गाउँछु ५÷५ विधाको मनोयनमा रहेका छन्। ब्लाइन्ड रक्स सर्वोत्कृष्ट चलचित्र, अभिनेत्री, कथा, संगीतकार, पाश्र्वगायिका र नृत्य निर्देशन विधाका लागि मनोनयमा परेको छ भने घामपानी सर्वोत्कृष्ट चलचित्र, नव निर्देशक, अभिनेता, कथा र श्रृंगार विधाको मनोनयमा छ। पिंजडा व्याक अगेन अभिनेत्री, खलपात्र, बालकलाकार, द्वन्द निर्देशक र गीतकारको लागि मनोनयमा छ भने ऐश्वर्य नवअभिनेत्री, खलपात्र, गीतकार, संगीतकार र पाश्र्वगायक विधाको मनोनयमा परेको छ। त्यसै गरी म यस्तो गीत गाउँछु हास्य कलाकार, छायांकार, पाश्र्व संगीत, पाश्र्वगायक र पाश्र्वगायिका विधाको लागि मनोयनमा परेको छ।
चलचित्र पञ्चायत, दुई रुपियाँ र ग्याङस्टार ब्लुज ४÷४ विधाको मनोयनमा परेका छन्। पञ्चायत अभिनेत्री, कथा, संवाद र श्रृंगार, चलचित्र दुई रुपियाँ हास्य कलाकार, संगीतकार, पाश्र्वगायिका र नृत्य निर्देशक तथा ग्याङस्टार ब्लुज नव अभिनेता, सहअभिनेत्री, द्वन्द निर्देशक र गीतकार विधाको मनोयनमा छ। त्यसैगरी चलचित्र शेरबहादुर ३, कान्छी, भ्mयानाकुटी र आधा लभ २÷२ तथा नाका, लभ लभ लभ, रानी र रुद्र १÷१ विधाको मनोनयमा परेका छन्।
यस वर्षको अवार्डअन्र्तगत सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री विधामा तिव्र प्रतिस्पर्धाका कारण उत्कृष्ट ६ को नाम अगाडि आएको छ भने सारा सिरपाली रुद्रबाट नव अभिनेत्री र पिंजडा व्याक अगेनबाट अभिनेत्रीको प्रतिस्पर्धामा छिन्। त्यसैगरी कोरियोग्राफर कविराज गहतराज ४ फिल्मबाट उत्कृष्ट ५ को मनोनयमा परेका छन्।
सम्मान चलचित्रको ः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ। उत्कृष्ट ५ को मनोनयमा परेका ९ लोकप्रिय विधामा एसएमएस भोटिङको व्यबस्था गरिएको छ। ती ९ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ।
चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताउनुभएको छ। अवार्ड आयोजक समितिका अर्का निर्देशक तथा सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्डस् नेपाली चलचित्र क्षेत्रको मानक अवार्ड हुँदै गएको बताउनुभयो।

उत्कृष्ट ५ को मनोनयन सूचि

विधाः सर्वोत्कृष्ट चलचित्र
ब्लाइन्ड रक्स
घामपानी
कृ
लीली बीली
शत्रु गते

विधाः सर्वोत्कृष्ट निर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा २
मिलन चाम्स – लीली बीली
नवल नेपाल – मंगलम
प्रदीप भट्टराई – शत्रु गते
सुरेन्द्र पौडेल – कृ

विधा ः सर्वोत्कृष्ट नवनिर्देशक
झरना थापा – ए मेरो हजुर २
नवराज बुढाथोकी – भुइँमान्छे
घामपानी – दिपेन्द्र लामा
पुर्णेन्दु झा – संरक्षण
आर. राजवंशी – शेरबहादुर

विधा ः सर्वोत्कृष्ट अभिनेता
दीपकराज गिरी – छक्का पञ्जा २
दायाहाङ राई – घामपानी
सौगात मल्ल – झ्यानाकुटी
अनमोल केसी – कृ
प्रदीप खड्का – लीली बीली
पुष्प खड्का – मंगलम

विधाः सर्वोत्कृष्ट अभिनेतृ
बेनीषा हमाल – ब्लाइन्ड रक्स
मेनुका प्रधान – शेरबहादुर
नीता ढुंगाना – पञ्चायत
प्रियंका कार्की – शत्रु गते
सारा सिरपाली – पिंजडा ब्याक अगेन
शील्पा पोखरेल – मंगलम

विधा ः सर्वोत्कृष्ट नवअभिनेता
सलीनमान बानीया – ए मेरो हजुर २
स्वरुपपुरुष ढकाल – छक्कापञ्जा २
आशीरमान देशराज श्रेष्ठ जोशी – ग्याङस्टर ब्लुज
सुरज पाण्डे – लभ लभ लभ
शारुक ताम्राकार – रानी

विधा ः सर्वोत्कृष्ट नवअभिनेत्री
अदिती बुढाथोकी – कृ
दिपीका प्रसाईं – ऐश्वर्य
जसिता गुरुङ – लीली बीली
सारा सिरपाली – रुद्र
सीपोरा गुरुङ – भुइँमान्छे

विधाः सर्वोत्कृष्ट सहअभिनेता
सलोन बस्नेत – ए मेरो हजुर २
जितु नेपाल – छक्का पञ्जा २
प्रमोद अग्रहरी – संरक्षण
शिवहरी पौडेल – शत्रु गते
रविन्द्र झा – शेरबहादुर

विधाः सर्वोत्कृष्ट सहअभिनेतृ
अनु शाह – कान्छी
वर्षा राउत – छक्का पञ्जा २
मिथिला शर्मा – आधा लभ
रोजीषा शाही – ग्याङस्टर ब्लुज
रुपा राना – कृ

विधाः सर्वोत्कृष्ट खलपात्र
अनुपविक्रम – शाही कृ
विपीन कार्की – नाका
प्रशान्त ताम्राकार – ऐश्वर्य
पुकार भट्टराई – पिंजडा ब्याक अगेन
रमेश रञ्जन झा – संरक्षण

विधा ः सर्वोत्कृष्ट हास्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा २
जयनन्द लामा – छक्का पञ्जा २
बुद्धी तामाङ – दुई रुपैंया
राजाराम पौडेल – म यस्तो गीत गाउँछु
शिवहरी पौडेल – शत्रु गते

विधा ः सर्वोत्कृष्ट बालकलाकार
अनुभव रेग्मी – ए मेरो हजुर २
विनोद मगराती – आधा लभ
पिंजडा ब्याक अगेन – कुशाग्र भट्टराई
सौरभ शाह – कृ
स्वदीता सापकोटा – भुइँमान्छे

विधा ः सर्वोत्कृष्ट कथा
नवराज बुढाथोकी – भुइँमान्छे
यम थापा – ब्लाइन्ड रक्स
दिपेन्द्र लामा – घामपानी
प्रदीप भारद्वाज – झ्यानाकुटी
शिवम अधिकारी – पञ्चायत

विधा ः सर्वोत्कृष्ट पटकथा
दीपकराज गिरी – छक्कापञ्जा २
दीपकराज गिरी÷प्रदीप भट्टराई – शत्रु गते
नवल नेपाल – मंगलम
नवराज बुढाथोकी – भुइँमान्छे
लीली बीली – प्रदीप भारद्वाज

विधा ः सर्वोत्कृष्ट संवाद
दीपकराज गिरी÷जितु नेपाल÷केदार घिमिरे÷अभिमन्यु निरबी – छक्कापञ्जा २
गोविन्द फुयाँल÷नवल – नेपाल मंगलम
हरिवंश आचार्य÷प्रदीप भट्टराई – शत्रु गते
नवराज बुढाथोकी – भुइँमान्छे
शिवम अधिकारी – पञ्चायत

विधा ः सर्वोत्कृष्ट गीतकार
अर्जुन पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य
धिरेन्द्र प्रेमर्षी – सम्झनाको सारंगी÷संरक्षण
डा. कृष्णहरी बराल – ए मेरो हजुर÷ए मेरो हजुर २
कालीप्रसाद बास्कोटा÷सबिन एकतारे –अजम्बरी÷ग्यांग्स्टर ब्लुज
मुक्त उदास – तिमी नी आधा÷पिंजडा ब्याक अगेन

विधाः सर्वोत्कृष्ट संगीतकार
बसन्त सापकोटा – मलाई आँखामा÷ए मेरो हजुर २
अर्जुन पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य
हरी लम्साल – उड्यो मन÷ब्लाइन्ड रक्स
राजनराज शिवाकोटी – कुटुमा कुटु÷दुई रुपैंया
दीपक शर्मा – पर्ख पर्ख÷मंगलम

विधाः सर्वोत्कृष्ट पाश्र्वगायक
कालीप्रसाद बास्कोटा – ओडौंला पिरतीको÷शत्रुगते
कृष्ण काफ्ले – पर्ख पर्ख÷मंगलम
सुगम पोखरेल – भन्छु आज÷म यस्तो गीत गाउँछु
सुगम पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य
स्वरुपराज आचार्य – सम्झनाको सारंगी÷संरक्षण

विधाः सर्वोत्कृष्ट पाश्र्वगायिका
अञ्जु पन्त – भन्छु आज÷म यस्तो गीत गाउँछु
बानिका प्रधान –उड्यो मन÷ब्लाइन्ड रक्स
विन्दु परियार – पर्ख पर्ख÷मंगलम
मेलिना राई – कुटुमा कुटु÷दुई रुपैयाँ
मीना निरौला – रुपै मोहनी÷शत्रु गते

विधाः सर्वोत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – आँखैमा÷ ए मेरो हजुर २
कविराज गहतराज – इन्जीन गाडीमा÷लीली बिली
कविराज गहतराज – कुटुमा कुटु÷दुई रुपैयाँ
कविराज गहतराज – पर्ख पर्ख÷मंगलम
मिलन चाम्स – उड्यो मन÷ब्लाइन्ड रक्स

विधाः सर्वोत्कृष्ट द्वन्द निर्देशक
चन्द्र पन्त – कृ
हिमाल केसी – संरक्षण
हिमाल केसी – पिजंडा ब्याक अगेन
रोशन श्रेष्ठ – छक्का पञ्जा २
सम्राट थापा – ग्याङस्टर ब्लुज

विधाः सर्वोत्कृष्ट छायांकन
सञ्जय लामा – ए मेरो हजुर २
दीर्घ गुरुङ – छक्का पञ्जा २
पुरुषोत्तम प्रधान – कृ
सुदीप बराल – लीली बीली
सञ्जय लामा – म यस्तो गीत गाउँछु

विधा ः सम्पादन
अर्जुन जीसी – लीली बीली
बनीष शाह – ए मेरो हजुर २
बिपीन मल्ल – छक्का पञ्जा २
सन्दिप अधिकारी÷बनीष शाह – कान्छी
सुरेन्द्र पौडेल – कृ

विधा ः पाश्र्वसंगीत
शैलेश श्रेष्ठ – ए मेरो हजुर २
सुजिल कर्मचार्य – छक्का पञ्जा २
शैलेश श्रेष्ठ – कृ
एलिष कार्की – लीली बिली
सैलेश श्रेष्ठ – म यस्तो गीत गाउँछु

विधा ः ध्वनी मिश्रण
उत्तम न्यौपाने – ए मेरो हजुर २
सुनयमान श्रेष्ठ – छक्का पञ्जा २
उत्तम न्यौपाने – कृ
मुकेष शाह – लीली बिली
सुनयमान श्रेष्ठ – संरक्षण

विधा – श्रृंगार
अमृत मरहठ्ठा – पञ्चायत
सीजी थापा – भुइँमान्छे
निमा लामा – कृ
शंकर थापा – घामपानी
श्याम बराल – छक्का पञ्जा २

तपाईको प्रतिक्रिया