राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज भर्खरै सकिएको छ । यस बर्ष गत बर्षहरुको तुलनामा निकै कर्णप्रिय तीज गीतहरु बजारमा आएका थिए । यस लगत्तै अब अन्य बिभिन्न प्रसंग तथा दशैँ बिशेष गीतहरुले पनि नेपाली सांगीतिक बजार ढाक्ने वाला छ । यसै क्रममा तीज कै भोलिपल्टको दिनलाई सुभसाहित मानेर सर्वप्रिय गायक भोजराज काफ्लेले एक निकै रोमान्चक र सन्देश मुलक गीतलाई सार्बजनिक गरेका छन् । रक्सि शब्दबाट फापेका भोजराजको यस पटक भने पहिलेको भन्दा पृथक गीत बजारमा आएको छ ।

“माली गाईको दहि” नाममा बजारमा आएको यस गीतमा कुनै भट्टी पसल गर्नु भन्दा दुध डेरी खोलेर आफ्नो ब्यवासाहिकता अगाडी बढाउँ भन्ने कुरालाई उत्प्रेरित गरिएको छ । प्रस्तुत गीतमा भोजराज काफ्ले र रोशनी रसाइलीको कर्णप्रिय स्वर सुन्न सकिन्छ । भोजराज कै लय शब्दमा तयार भएको यस गीतको म्युजिक भिडियोमा राजेन्द्र गिरी, मिना गीरी, मिंग्मा तामांग, राजन पाण्डे, अजित अधिकारी, बिबेक चौलागाईं, लक्ष्मण चौलागाईं र हेमा तामांगको आकर्षक अभिनय देख्न सकिन्छ ।

गीत सुन्दा र हेर्दा रोमान्चक लाग्ने तर सन्देश भरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन गायक स्वयम भोराज काफ्लेले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन दिनेश काफ्ले र प्रदिप दाहालले गरेका छन् । यस गीतलाई फुलबारी म्युजिक प्रा.लि ले यस बर्षको दशैको कोसेली स्वरूप सार्बजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया