रोशन पोखरेल , काठमाडौँ , असोज २ – गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा ‘थोरै माया’ सार्बजनिक भएको छ । आफनी प्रेमीकालाई गायकले आफनो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन । भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा गायक ले गायिकालाई विश्वास्त पार्न खोजिएको छ ।
प्रेमका गहन शब्द लाई ओम छिनालले गरेका छन भने उनकै लय सिर्जना समेत रहेको छ । गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत भएकाले सञ्चिता शाही र एम वि गुरुङको मनै छुने अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया