, काठमान्डौँ ,असोज २
रक स्टार म्युजिक प्रालीको प्रस्तुतिमा इन्द्रा सुनारको लोकदोहोरी गीत “आँशु आँखामा” बोलको गीतमा चर्चित गायक पुष्कल शर्मा र गायिका इन्द्रा सुनारको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ ।
दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । आफनी प्रेमीकाले धोका दिदा हुने पिडालाई गीतमा समेटिएको छ ।
राजिव सिंह जिसीको शब्द तथा सन्जय श्रीपालीको मौलिक लय सिर्जना गीतमा रहेको छ । कुशल भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन , हरिश महराको छायाँकन , दिपक विष्टको सम्पादन भिडियोमा रहेको छ । गीतमा सारिका केसी र राजिब सिंह जिसीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया