राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली नजिक आइरहंदा यति बेला अशंख्य पर्देशिहरुको यथार्थ भोगाइमा बिभिन्न गीत संगीतहरु सार्बजनिक हुन थालिसकेका छन् । सोहि क्रममा बर्षौ देखि प्रबासमा रहेर यस बर्ष पनि दशैं मान्न घर आउन नपाइएको पिंडामा सुमन महतको अत्यन्तै घत लाग्दो लोक दोहोरी गीत बजारमा आएको छ । “दशैँ तिहार आउँदा” नाममा बजारमा आएको यस गीतमा बिक्रम गौतम र सबिता ढुंगानाको सुमधुर स्वर रहेको छ ।

बिगत निकै लामो समय देखि कोरिया बस्दै आएका यस गीतका लय तथा शब्द सृजनाकार लोक पराखी बिक्रम ढुंगाना, कयौं नेपालीहरुले भोगेको यथार्थता जस्तै आफ्ना भोगाइलाई पनि बाहिर ल्याउँदा वास्तविक परदेशीहरुको पिंडा यस गीत मार्फत आफुले समेटेको विचार राख्छन् । निकै घत लाग्दो भाव लहरीमा तयार भएको “दशैं तिहार आउँदा” बोलको गीतको म्युजिक भिडियोमा सुमन महत र आशा खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खुम बहादुर सुनार, छायांकन अरुण कुमार सुनार र सम्पादन प्रेम कुमार थारुले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया