काठमाडौं । थाइल्याण्डमा यही असोज १३ गते हुन लागेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको नोमिनेसन सार्वजनिक भएको छ । आयोजक बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा एकै थलोमा चलचित्र क्षेत्रका कलाकार, लोक गीत, आधुनिक गीत, पप गीत, तीजका गीत लगायत भाषाभाषी गीतका श्रष्टाहरुलाई अवार्डद्वारा सम्मान गर्न लागिएको हो ।
अवार्डका लागि झण्डै दुई सय कलाकार तथा श्रष्टाहरु असोज १२ गते त्यसतर्फ लाग्ने आयोजक बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी ९आर। के० ले जानकारी दिए । उनले अवार्डको सम्पूर्ण तयारी पूरा भएको अवार्डका लागि थाइल्याण्ड प्रस्थान गर्ने कलाकारहरुको डकुमेन्टेसन भइरहेको जानकारी दिए । अवार्ड वितरणकै क्रममा थाइल्याण्डमा मैत्रीपूर्ण फुटबलको आयोजना हुने पनि उनले जानकारी दिए । यो अवार्ड वितरणकै क्रममा अवार्डमा सहभागी हुने टोली थाइल्याण्डसँगै सिंगापुर र मलेसिया भ्रमणको प्याकेज तय गरिएको जानकारी दिए ।
त्यसो त नेपाली सांगीतिक बजार एक किसिमले सानो गाउँदेखि शहर हुँदै विदेशी भूमिमा समेत स्थापित भइसकेको छ । नेपाली गीत संगीत क्षेत्रमा लोक दोहोरी, आधुनिक र चलचित्रको गीत संगीतले बजारलाई व्यवस्थित बनाएको पनि छ । यसबीचमा राष्ट्रिय भावनाले ओतप्रोत, धार्मिक, नेवारी र तीजनका गीतहरु विशेष रुपमा सधैँ चर्चामा रहने गर्दछन् । बजारमा तीजका गीतको चर्चा बढी छ । अवार्डमा नेवारी ,मोफसल ,बिदेश र तामाङ,रास्ट्रय गितसंगित बिधाले ठोलो महत्त्व राखेको देखियो। एता निरन्तर गीत संगीत क्षेत्रमा सबैभन्दो ठूलो बजार मानिएको क्षेत्र भने लोकदोहोरी र आधुनिक हुन् । यसका अलवा पप गीत, जातीय गीत, धार्मित भजन लगायको आफ्नै प्रभूत्व छ । यीनै सवै विधाका गीतलाई समेटेर म्यूजिक भिडियो अवार्डको जुरी टिमले उत्कृष्ट गीतको नोमिनेसन सार्वजनिक गरेको हो ।

नोमिनेसनमा परेका सर्वोत्कृष्ट आधुनिक गीत गायकतर्फ त्रिलोक राना ९काडा छोए, सिडी विजय अधिकारी बेला नै त हो, नारायण धिताल दाउरा उपहार, पुस्कर सुनुवार ९कस्तो कस्तो, चिरञ्जीवी भण्डारी ९मलाई छोडेर गयौं, परशुराम रिजाल ९रेखा थापाले,रमेश खड्का असत्यको बाटो, सरद ढुङ्गेल तिमी विना बाच्छु, रामभक्त जोजीजु ,बदनामी र कमल सौराग तिमी एक प्रेम कथा रहेका छन् । त्यसैगरी सर्वोत्कृष्ट आधुनिक गीत गायीकातर्फ अञ्जु पन्त नहुनु है, सुजाता पाण्डे कोही भन्छन्, सत्यकला राई ¥याई गर्ने सारङ्गी, बविना किराती माथी माथी, पुजा सुनुवार काठमाडौं शहर, मिलन अमात्य माया मात्रै गरे, पूर्णिमा लामा फूल भनु, बनिका प्रधानप्रेम रङ्ग, रानु थापा तिम्रो लागि र नानु कार्की ‘डोली’ प्यारो बाबा नोमिनेशनमा परेका छन् । यसैगरी, सर्वोत्कृष्ट आधुनिक गीत गीतकारतर्फ भने दर्पण राई तिमीलाई मन पराउनु, पवित्रा राई अभिनय गर्दा गर्दै, शंकर देव कंडेल मलाई छोडेर गयौ, केशव विश्वकर्मा धन हुनेलाई मन, अर्जुन रत्न भिकारी दाउरा उपहार, सपना पुन कति दिन्छौ पीडाहरु , सुशील पंगेनी तिमी जाँदै छौं, राजेन्द्र थापा मरिलान्या के छ र, चित्रा बामकुल राइ फुल जस्तो, मनी भट्टराई बेला नै त हो, र नवराज जङ्ग थापा ९ताल्ची खोले नोमिनेशनमा परेका छन् ।
यसैगरी सर्वोत्कृष्ट आधुनिक गीत संगीतकारतर्फ कमल अधिकारी पागल बनायौ, शुरेस सेञ्चुरी दिलमा मलाई, पुष्कर सुनुवार फूलै फूलको मौसम, चेतन सापकोटा दाउरा उपहार, दिपक शर्मा मरिलाने, सुनिल मास्के काँडा छोए फुल बन्छु, राजशुक्र लिम्बु कहिले पनि नवोलेको, विकास भण्डारी निष्ठुरीले, डि।आर अटु माथी माथी, महेन्द्र राई तिमीलाई मन पराउनु मनोनयमा परेका छन् । आधुनिक गीतकै सर्वोत्कृष्ट मोडलतर्फ भने पुष्प खड्का, शुसान्त कार्की, विकास थापा मगर, राज गुरुङ्ग, साहिल खान, सुदर्शन चापागाई, करण श्रेष्ठ, दिपक बिक्रम शाही, प्रेम बहादुर खड्का, र जीवन भट्टराई नोमिनेसनमा परेका छन् ।

सर्वोत्कृष्ट आधुनिक गीत मोडल ९महिला०तर्फ भने सम्झना राई, मिना मादेन, बर्षा शिवकोटी, निता ढुंगाना, सम्पदा बानिया, अन्जु चौलागाई, कमला दाहाल, अन्जु श्रेष्ठ, रेखा फागु र दिपाशा बि।सी नोमिनेसनमा परेका छन् भने सर्वोत्कृष्ट आधुनिक भिडियो ९निर्देशक०तर्फ सुब्रत राज आचार्य, युगल पोमा, जीवन शाही, प्रकाश धिताल, विज्ञान राई, देवेन्द्र खड्का, दिनेश बस्नेत, युवराज वाईवा, जनक दिप पराजुली, युवराज क्षेत्री, नृपतेन्द्र ध्वज राणा, र प्रदिप रसाईली छन् । त्यसैगरी उत्कृष्ट बाल प्रतिभाहरुमा उत्कृष्ट बाल प्रतिभातर्फ अयुव सेन, अशोक दर्जी, आयुश के।सी, प्रियन शाही र सम्राट दहाल नोमिनेशनमा परेका छन् ।सर्वोत्कृष्ट भाषिक गीत ९गायक०तर्फ जेपी नेम्वाङ, शिव थापा मगर, रञ्जित लामा, राम लाल चौधरी, मिलन लामा, हस्त लिम्बाङ, सुसन साम्सोहाङ, राजेश राई, सुजन तिगेला लिम्बु र पुष्पकुमार राई परेका छन् । यसैगरी सर्वोत्कृष्ट भाषिक गीत ९गायीका०तर्फ भने सुनिता थेगिम, इन्द्र पंद्याक लिम्बु, मनु नेम्वाङ, निरु श्री मगर, मिङ्स लामा, विमला राई, रोजिना थेगिम, समिक्षा चौधरी, अनुका राई र माया गुरुङ नोमिनेसनमा परेका छन् । सर्वोत्कृष्ट भाषिक गीत ९शब्द०तर्फ भने गीता पालुङवा लिम्बु, हस्त लिम्बाङ, खगेन्द्र यस्को, मनसुदन थापा मगर, राजकुमार बगर, अन्धुमे नसान, लोकेन सान्वा लिम्बु, यासेली योङ्हाङ लिम्बु, काजीमान यस्को र खगेन्द्र कुमार लिम्बु नोमिनेशनमा परेका छन् । सर्वोत्कृष्ट भाषिक गीत ९संगीत०तर्फ राजशुक्र लिम्बु, अशोक लोहोरुङ राई, हस्त लिम्वाङ, सन्तोषराज, कामन ध्वज लावती, मनसुदन थापा मगर, कृष्ण पीडित, जे।पी नेम्बाङ, यासेली योङ्हाङ् र राम आरोह परेका छन् । यसैगरी सर्वोत्कृष्ट भाषिक गीततर्फ भने पुजा तामाङ्ग, अनिल लामा, आङनीमा शेर्पा, रञ्जित लामा, राजशुक्र लिम्बु, शुसन साम्सोहाङ, हर्क बहादुर योङ्हाङ, रामलाल चौधरी, ब्राविम सेर्मा÷सुनिता थिङ र कामन धोज÷मनु नेम्वाङ्ग परेका छन् । सर्वोत्कृष्ट भाषिक गीत मोडल ९पुरुष०तर्फ भने देव अल्लोन, मौसम इन्बुङ, लामा भाइ, मीलन लामा, श्याम राई, मौसम लिम्बु, रुकमान लिम्बु, बिजु राई, बिसाल सनाहाङ्ग लिम्बु र हेमराज अन्चाङ्गे नोमिनेशनमा परेका छन् ।

सर्वोत्कृष्ट भाषिक गीत मोडल ९महिला०तर्फ सुश्मा लिम्बु, उर्मिला तामाङ्ग ,लक्ष्मी योङ्हाङ, रेश्मा साम्बाहाङफे, सुमि लिवाङ, रुबि लिम्बु, पुनम झेडी मगर, माला लिम्बु, रुपा आङ्बुहाङ र शर्मिला गुरुङ्ग परेका छन् । सर्वोत्कृष्ट भाषिक गीत ९भिडियो निर्देशक०तर्फ युगल पोमो, लोकेन सन्वा, एम।वि गुरुङ्ग, खगेन्द्र पन्धक लिम्बु, चित्र मास्की मगर, यासेली योङ्हाङ, चन्द्रा वाम्बुले, दिप गुरुङ्ग, कुन्दन चन्द र उमेश गुरुङ्ग परेका छन् ।
यसैगरी सर्वोत्कृष्ट गायक÷गायिका ९विदेश०तर्फ अविनाश न्यौपाने, सनाहाङ लिम्बु, केदार बरुवाल क्षेत्री, हृदय दाहाल , रेन्जी सेर्पा, नविन खतिवडा, रेखा घिमिरे, असफल थापा, हरी लामिछाने, रमेश कँडेल र किशन रेग्मी नोमिनेशनमा परेका छन् । यसैगरी सर्वोत्कृष्ट संगीतकार ९विदेश०तर्फ डी।आर अटु, डम्मर खपुङ, डी।वी गुरुङ्ग, हरी लामिछाने, र टिका दहाल छन् । सर्वोत्कृष्ट शब्द ९विदेश० सुमन कार्की, नारायण कँडेल, उत्तम खुजुम, इन्द्र नारायण चेम्वाङ, सुर्य मिश्र, हिड खेताला, प्रकाश घिमिरे, ध्रुव प्रसाद अगाई, र सौरभ तिम्सिना परेका छन् । सर्वोत्कृष्ट म्युजिक भिडियो पुरुष मोडल ९विदेश०तर्फ भने राजु कान, भानु वराल, विपीन खालिङ, चार्ली तामाङ्ग, मुक्ति सुवेदी र ईन्द्र सापकोटा परेका छन् । यसैगरी सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक ९विदेश०तर्फ भने राजु कान, चार्ली तामाङ्ग, जिवन रसाईली, प्रसन्न पौडेल, रमेश सग्रौंला र कुशल श्रेष्ठ छन् । यसैगरी, सर्वोत्कृष्ट म्युजिक भिडियो महिला मोडल ९विदेश०तर्फ प्रतिभा महर्जन, माया सापकोटा, ईरोमा श्रेष्ठ, आयुश्मा श्रेष्ठ, एलिशा कटुवाल र कमला दहाल नोमिनेशनमा परेका छन् ।

त्यस्तै, चलचित्रतर्फ सर्वोत्कृष्ट संगीत ९चलचित्र०तर्फ वसन्त सापकोटा, अर्जुन पोखरेल, राजन राज शिवकाटी, दिपक शर्मा र विकाश चौधरी नोमिनेशनमा परेका छन् । सर्वोत्कृष्ट गायक ९चलचित्र०तर्फ उदित नारायण झा, नरहरी प्रेमि, सुगम पोखरेल, काली प्रसाद वासकोटा, रोहित जोन क्षेत्री र डेभीड शंकर परका छन् । सर्वोत्कृष्ट नायक ९चलचित्र०तर्फ रमेश उप्रेति, आकाश श्रेष्ठ, सलिन मान बनिया, पुष्प खड्का र पल शाह छन् भने नायिका तर्फ दिपिका प्रसाई, पुजा शर्मा, शिल्पा पोखरेल, आचल शर्मा र साम्राज्ञी लक्ष्मी शाह नोमिनेशनमा परेका छन् ।
यसैगरी सर्वोत्कृष्ट गायिका ९चलचित्र० अञ्जु पन्त, मेलिना राई, विन्दु परियार, श्रेया सालोन र सेलिना कुँवर नोमिनेशनमा परेका छन् । सर्वोत्कृष्ट नृत्य निर्देशक ९चलचित्र०तर्फ भने कविराज गहतराज, रेनेसा वान्तवा राई, तेञ्जु योञ्जन÷अजिला खत्री, गम्भिर विष्ट र बसन्त श्रेष्ठ परेका छन् । सर्वोत्कृष्ट गीतकार ९चलचित्र०तर्फ अर्जुन पोखरेल, सुदर्शन थापा, राजन राज सिवाकोटी, राजेन्द्र थापा, र कालि प्रसाद वास्कोटा नोमिनेशनमा परेका छन् । सर्वोत्कृष्ट धार्मिक गीतका गायकतर्फ सशान कँडेल, तेज प्रसाद अर्याल, मनिस राजन बराल, लोकेन्द्र सापकोटा, तिर्थ सापकोटा र चिरञ्जीवी भण्डारी छन् भने सर्वोत्कृष्ट धार्मिक गायिकातर्फ निर्मला के।सी, सुष्मा सापकोटा, पूर्णकला वि।सी, सम्झना भण्डारी र श्याम कला भण्डारी छन् ।

सर्वोत्कृष्ट धार्मिक शब्दतर्फ हिरा लाल कँडेल, खेम प्रसाद लामिछाने, विष्णु प्रसाद पाठक, पशुपती शर्मा, भारती खरेल र शंकरदेव कँडेल छन् भने सर्वोत्कृष्ट धार्मिक संगीततर्फ हिरालाल कँडेल, तेज प्रसाद अर्याल, केशव सापकोटा, चण्डी प्रसाद काफ्ले, खेम प्रसाद लामिछाने र सुरेश सेञ्चुरी छन् । यसैगरी, सर्वोत्कृष्ट धार्मिक भिडियो निर्देशकतर्फ राजेन्द्र बजगाई, सशान कँडेल, सिर्जन बराल, मुक्ति कँडेल, रेशम सापकोटा, शशी विक्रम थापा परेका छन् । यसैगरी सर्वोत्कृष्ट गजल गायकतर्फ शान्तिम कोईराला, अजर जंगम, राज सिग्देल, नारायण धिताल र दिनेश गौतम परेका छन् । भने सर्वोत्कृष्ट गजल गायीकातर्फ भने अञ्जु पन्त, मेलिना राई, निशा देसार, राधिका भण्डारी र टिका प्रसाई परेका छन् भने सर्वोत्कृष्ट गजल संगीतकारतर्फ हरि लम्साल, राज सागर, राजेन्द्र सुवेदी, चन्डी प्रसाद काफ्ले र सन्तोष श्रेष्ठ छन् । सर्वोत्कृष्ट गजल शब्दतर्फ अमर न्यौपाने, आङ्गीमा शेर्पा, सुरेश वाग्ले, एकतारे र मोनी शर्मा रिजाल परेका छन् ।

सर्वोत्कृष्ट भिडियो निर्देशक गजलतर्फ भने युवराज वाईवा, केदार धिताल, निशान घिमिरे, विभोर पोखरेल, अर्जुन अधिकारी परेका छन् ।
सर्वोत्कृष्ट राष्ट्रिय गीत ९गायक÷गायिका०तर्फ सिडी विजय अधिकारी÷मनिसा राई, सपन श्रेष्ठ, प्रदिप लामा, प्रेम शेन, सजम सिजांली, रमेशराज भट्टराई, टिका बोम्जम, आयुस के।सी, रमेश श्रेष्ठ ९मेलोडी० र कर्णराज गिरी परेका छन् । सर्वोत्कृष्ट राष्ट्रिय गीत ९शब्द०तर्फ सुमन बैरागी, डी।आर अटु, नारायण कँडेल, सिजम सिजांली, इन्द्र नारायण चेम्बाङ्ग, अम्बिका गुरुङ्ग, राजेन्द्र बजगाई, शान्ती प्रिय, सिजम मगर र आलोक चाम्लिङ परेका छन् भने सर्वोत्कृष्ट राष्ट्रिय गीत ९संगीतकार०तर्फ डी।आर अटु, रमेश श्रेष्ठ ९मेलोडी०, राजेन्द्र बजगाई, टिका भण्डारी, कर्णराज गिरि, सन्तोष श्रेष्ठ, सि।डी विजय अधिकारी, रमेश राज भट्टराई, दामोदर अधिकारी र सिडी विजय अधिकारी परेका छन् । सर्वोत्कृष्ट राष्ट्रिय गीत ९निर्देशक०तर्फ शान्ती प्रिय, अनिता श्रेष्ठ, सशान कँडेल, महेश्वर सम्बाहाङ्फे, रेशम श्रेष्ठ, अर्चना गुरुङ्ग, सान थापा, दिपक आचार्य, मदन दिपाबिमा, र अजेन शाही परेका छन् ।

यसैगरी लोक दोहोरी, मोफसल, नेपाल भाषा, पप गीत, पप–आधुनिक, तामाङ र तीजका गीतका विधातर्फको नोमिनेसन पनि सार्वजनिक भएको छ । गीत संगीत क्षेत्रमा ५० हजार भन्दा बढी स्रष्टाहरु निरन्तर रुपमा सक्रिय रहेको पाइन्छ । यी विविध क्षेत्रका स्रष्टा तथा मोडलहरुलाई एकै मालामा उनेर बक्स अफिस इन्टरनेशनल ग्रुप, बक्स अफिस फिल्मी क्लब नेपालले राष्ट्रिय म्यूजिक भिडियो, चलचित्र, धार्मिक, तीज, आधुनिक, लोकदोहोरी, भाषा भाषी, पप गीत लगायतलाई समेटेर वृहत्त अवार्ड वितरण गर्न लागेको हो । कार्यक्रममा यी स्रष्टाहरुले पनि आफ्नो प्रस्तुति दिने भएका छन् ।
नेपाली गीत संगीत क्षेत्रमा वृहत योजनासहित थालिएको यो पृथक अवार्ड कार्यक्रम सम्भवतः नेपालकै उत्कृष्ट बन्ने आयोजकको दाबी छ । फाइनल अवार्ड वितरणको कार्यक्रम क्रुजमा हुने जनाइएको छ । गत वर्षदेखि यो वर्षको बैशाखसम्म सार्वजनिक भएको विभिन्न गीत संगीतहरुलाई छनोट गरी बक्स अफिस म्यूजिक भिडियो अवार्ड प्रदान गर्न लागेको हो । इतिहासकै सबै भन्दा गित संगित सस्टाहरुले पोहिलो पटक हर्सौलासको साथ भाग लिएको छ्न। अवार्ड लाइ सांचिकै भब्य र सभ्य अनि ईमानदार बनाउन्न नेवारी बाट स्वतन्त्र महर्जन ,पप बाट ससान्त कडेल,आधुनिक र लिकदोहोरी बाट जीवन शाही, रास्ट्रय तथा बिबिध तर्फबाट टीका बम्जम र तामाङ बाट हेरुका लामाले निस्वार्थ सहयोग गरेकोमा आयोजकले आभार प्रकट गरेको छ।

बक्स अफिस इन्टरनेशनल ग्रुपले यसअघि पनि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ब्लक बस्टर फिल्म अवार्ड, विश्व भ्रमण नागरिक सम्मान ९अवार्ड०, ग्लोबल मोसन पिक्चर्स अवार्ड सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसमध्ये वार्षिक रुपमा आयोजना गरिने ब्लक बस्टर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया