राजु बोहरा–काठमाडौँ । केहि वर्ष अगाडी संचार माध्यममा नै रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतको श्रीवृद्धिका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेका गायक युबराज चौलागाईं, अहिले प्रत्यक्ष रुपमा नै सांगीतिक क्षेत्रमा क्रियासिल रहेर आफ्नै कला संस्कृति र मौलिक परम्परामा आधारित लोक तथा दोहोरी गीतको संरक्षणमा जुर्मुराएका छन् । उनले केहि समय अगाडी राष्ट्रिय भावबाट ओतप्रोत भएको “गाउँको विकास गर्ने भए” बोलको गीत बजारमा ल्याएका थिए । फुलबारी म्युजिक प्रा.लि बाट बजारमा आएको यस गीतलाई अडियोको रुपमा मात्र त्यो समय सार्बजनिक गरिएको भएता पनि अहिले युवराजले भिडियो पनि सार्बजनिक गरिसकेका छन् ।

विशेषगरी गीत संगीतको माध्यमबाट समाज परिवर्तनको चाह राख्ने उनको “गाउँको विकास गर्ने भए” बोलको गीत पनि अशंख्य श्रोता एवं दर्शकहरुले उच्च रोजाइमा पारिसकेका छन् । यस लगत्तै युबराजले नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित “बाँच्दिन जस्तो छ” बोलको दशैँ गीत पनि सार्बजनिक गरिसकेका छन् । आफ्नो बाल बच्चालाई उच्च सिक्षा दिन र आमा बाबाको फाटेको चोली र टोपी फेर्नको लागि साहुबाट लिएको ऋण चुक्ता गर्न स्वदेशमा रहेर सम्भव नभए पछी बाध्यता बस परदेशिएका अशंख्य नेपालीहरुको यथार्थतालाई चित्रण गरिएको यस गीतमा युबराज चौलागाईं र गीता देबीको कर्णप्रिय स्वर सुन्न सकिन्छ ।

युबराज कै लय तथा शब्द सिर्जना द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा रामचन्द्र अधिकारी,रोशनी सापकोटा, पवन परियार र बिन्दु खड्काको मन छुने अभिनय देख्न सकिन्छ । आइयन चौधरीको बाल अभिनयमा रहेको स गीतको  म्युजिक भिडियोलाई निर्देशन उदिराम खड्काले गरेका हुन् भने छायांकन हरिनारायण चौधरी र सम्पादन बिबेक खड्काले गरेका छन् । हामी प्रतिभावान कलाकार युबराज चौलागाईं लाई सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया