राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली नजिक आइरहंदा पछिल्लो पटक दशैँ तिहार बिशेष गीतहरु प्रसस्त बजारमा आइरहेका छन् । सोहि क्रममामा त्रिसना म्युजिक प्रा.लि ले पनि विभिन्न दशैँ बिशेष गीतहरु सार्बजनिक गरिरहेको छ । यसरी सार्बजनिक गरिएको गीतमा “आँशु झर्थेन” बोलको गीत पनि परेको छ ।

हुने खानेहरूका लागि यी दशैँ तिहार लगाएत विभिन्न चाड पर्बले एक किसिमको हर्ष उल्लास लिएर आउने गर्दछ तर हुँदा खानेहरूका लागि भने दशैं दशा बनेर आउँदा निकै पिंडादायिक बन्ने गर्दछ । हो यस्तै पेरिफेरीमा तयार भएको यस गीतको म्युजिक भिडियोमा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका घर भएका बिशाल बोहराले जिबन्तता दिने प्रयास गरेका छन् ।

उनको अभिनयमा सजिएको यस गीतको म्युजिक भिडियोमा उनि बाध्यता र बिबस्ताको कारण परदेश पुगेका हुन्छन् र आफ्ना बाल बच्चालाई उच्च सिक्षा दिन, त्यसैगरी बाबा आमाको फाटेको टोपी र चोलो फेर्दिनका लागि पनि दैनिकी परदेशमा नै गुजारी रहेको अवस्थामा पोहोर पनि दशैँ मान्न घर आउन नपाएको र यसपाली पनि घर आउन नपाउने पिंडालाई प्रष्ट पारिएको छ ।

मोडल विशालको जोडीको रुपमा अनु पराजुलीको पनि “आँशु झर्थेन” बोलको गीतमा जिबन्त अभिनय रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रका लागि परिचित नाम सन्ध्या बुढा र भागीराथ चलाउनेको सुमधुर स्वर द्वारा सुसजित यस गीतलाई लय तथा शब्द सिर्जना पनि गायक भागीराथ चलाउनेले भरेका छन् । यस गीतको म्युजिक भिडियोलाई निर्देशन बाबुराम बोहराले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया