रोशन पोखरेल , काठमाडौँ , असोज ८
पछिल्लो समयमा ब्यापक चर्चामा आएका निर्देशक तथा मोडल काजिश श्रेष्ठ र करिष्मा ढकालको निकै उत्कृष्ट डान्सका साथमा बागिना डिजिटल प्रालीको प्रस्तुतीमा जीत बहादुर खड्काको काठे भाकामा आधारित गीतमा गायिका सिता थापा र गायक जितबहादुर खड्काको आवाजमा रहेको ” नौलो गाउँ ” गीतको भिडियो बजारमा आएको छ ।
मौलिक काठे भाकाका सिर्जनाहरु बजारमा निकै कम मात्रामा आइरहेको अवस्थामा सो गीतले अधिक मात्रामा दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । जित बहादुर खड्काको शब्द तथा सहदेव कोइरालाको लय सिर्जनामा गीत निमार्ण गरिएको छ । रेशम दलार्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा काजिश श्रेष्ठ , करिष्मा ढकाल , आयुष्मा र प्रेमको डान्स रहेको छ ।

तपाईको प्रतिक्रिया