राजु बोहरा–काठमाडौँ । विजय दशमि तथा दिवालिको शुभकामना सहित पछिल्लो पटक बिभिन्न दशैँ तिहार संग संबन्धित गीतहरु सार्बजनिक हुने क्रम बढ्दो रहेको छ । सोहि क्रममा मेशना डिजिटल प्रा.लि ले  बिक्रम क्षेत्रीको दशैँ बिशेष लोक सांगीतिक कोसेली “रातो टिका जमरा” बोलको गीत पनि भर्खरै बजारमा ल्याएको छ । यस गीतमा देवी घर्ति र बिक्रम क्षत्रीको सुमधुर स्वर रहेको छ ।बिशेष गरेर बाध्यता र बिबस्ताको कारण परदेशमा रहेर आफ्नो घर परिवार संगै दशैँ तिहार मनाउन नपाइएको पिंडादायिक भाव यस गीतमा रहेको छ ।

महेन्द्र भण्डारीको घत लाग्दो लय तथा शब्द सृजनाले भरिएको यस गीतको म्युजिक भिडियोमा सारिका के.सी र भरत पुरीको जिबन्त अभिनय रहेको छ । “रातो टिका जमरा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन अहिलेका बहुचर्चित निर्देशक कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिस्टले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया