काठमाडौँ , असोज ८
नेपाली लोक दोहोरी क्षेत्रमा सफल मानिएकी गायिका देवी धर्ती र गायक विनय खत्रीको आवाजमा आशिष म्युजिक प्रालीको प्रस्तुतीमा मन्जु खत्रीको ‘ सम्झनालाई सलल छ ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मायालुको यादमा रहेका प्रेमी र प्रेमिकाको सम्वादहरुलाई गीतमा समेटिएको छ । नेत्र अर्यालको शब्द तथा खुमन अधिकारीको लय सिर्जनमा गीत तयार गरिएको छ । पुर्वका विभिन्न ठाउँमा छायाँकन गरिएको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
विमल भुर्तेलको छायाँकन , विजय राजको सम्पादन , राज केसीको निर्देशन भिडियोमा रहेको छ । गीतमा विजय राज , दिपक अधिकारी , , गीता केसी, सापन खड्का, सन्तोष पोखरेल , रोशन लुइटेल र, ज्ञानको अभिनय निकै लोभ लाग्दो रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया