संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । नेपाली लोक संगीतको क्षेत्रमा फरक-फरक धारको गीतहरु बजारमा आइरहेका छन् ।यस भित्र कुनै पनि गीतको वास्तविकता झल्काउनको लागि म्युजिक भिडियोहरुको महत्वपुर्ण भूमिका रहेको हुन्छ । यसै क्रममा भर्खरै बजारमा आएको रामहरी चौलागाईंको दशैँ बिशेष गीत “परदेशीको कहानी” बोलको गीतलाई पनि निर्देशक तथा मोडल सबिन गौतमले गीतको भाव भित्र रहेर अझै थप प्रष्ट पार्ने कोसिस गरेका छन् ।

निर्देशक तथा मोडल सबिन, रिल लाइफमा मात्र होइन, आफ्नो वास्तविक जिबनमा पनि कला क्षेत्रको अलावा कुक पेशामा आफ्ना दैनिकिहरुलाई अगाडी बढाई रहेका छन् । तर उनले आफ्नो वास्तविक जिबनी यात्राहरुको जिम्मेवारीलाई रिल लाइफ पनि यस गीतको म्युजिक भिडियो मार्फत उतारेका छन् । जी.सी फिल्म्स प्रालिले निर्माण गरेको भिडियोमा बाध्यता  र बिबस्ताको कारण परदेशिएका सबिन निकै समय यता प्रबासमा कुक पेशामा कार्यरत हुन्छन् र सम्पूर्ण नेपालीहरुको महान चाड दशैँ तिहार नजिक आइरहंदा आफ्नै घर परिवार संगै बसेर मनाउन नपाएको पिंडा यस गीतको म्युजिक भिडियोमा उतारिएको छ ।

सविनलाई अभिनयमा आयुष्मा कार्कीले पनि अभिनयमा साथ दिएकी छिन् । रामहरी चौलागाईं र गीता देबी द्वारा स्वर बद्ध यस गीतमा रामहरी चौलागाईंको घत लाग्दो लय तथा शब्द सजिएको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् सविनले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । हामी हाम्रो तर्फ बाट यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गदछौँ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया