राजु बोहरा–काठमाडौँ । अशंख्य स्वदेश बासि नेपालीहरुमा बिजय दशमी तथा दिपावलीको उमंग छाइरहेको बेलामा बाध्यता र बिबस्ताको कारण परदेशिनु परेको नेपालीमा यतिबेला निरास्ताले मुटु पोलिरहेको होला र पनि बिभिन्न गीत संगीतहरु सुनेर र हेरेर पनि उनीहरुले आफ्नो मन बुझाउने गर्दछन् । तर अन्य गीत संगीत भन्दा दशैँ तिहार संग सम्बन्धित गीतहरु बाट मन बुझाउने माध्यम भने न्यून हुने गर्दछ । किन कि यी यस्ता गीतहरुमा उनीहरुको यथार्थता नै बढी मात्रामा समाबेस गरिएको हुन्छ । मन्द र मर्मस्पसी गीत सुन्दा र हेर्दा पनि मन थाम्न गाह्रो हुने थोरै रोमान्चक भाव भित्र जमरा राख्दै गर्नु यसपाली त आउदै छु म घर जस्ता भावहरु सुन्दा पनि स्वदेश फर्किन नपाउने नेपालीहरुले आफ्नो साथीहरु झोला बोकेर घर हिंड्दा झनै खल्लो महसुस हुने कुरा यथार्थ हो ।

हो यसै भिड भित्र एक निकै मर्मस्पर्सी गीत भर्खरै सार्बजनिक भएको छ । उक्त गीत प्रेम पौडेल खत्रीको प्रस्तुतिमा “फर्केर आउ घर” बोलको रहेको छ । प्रेम पौडेल खत्री र लक्ष्मी परियारको सुमधुर स्वर लहरिले सजिएको यस गीतको म्युजिक भिडियोमा पछिल्लो समय आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल कलाकार दिपक तिवारीको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोको भाव अनुसार निकै लामो समय सम्म प्रबासमा रहंदा बर्ष दिनको चाड दशै आफ्नै घर परिवार संगै रहेर मनाउन नपाउँदाको कष्टकर कथालाई समाबेश गरिएको छ । मोडल दीपकलाई संचिता शाहीले अभिनयमा साथ् दिएकी छिन् ।

“फर्केर आउ घर” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन बिष्णु शर्माले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया