आर पोखरेल, काठमान्डाँै
युएईको दुवईमा मोडल सङ्गस अवार्ड सम्पन्न कार्यक्रममा गायिका इन्दिरा भट्टराई लाई सर्वोकृष्ट नव गायिकाको अवार्ड प्रदान गरिएको छ । आधुनिक सुगम संगीतमा सक्रिय रहेकी नव प्रतिभावान गायिका को आवाजमा रहेकोे “ ढुक्ढुकी ” बोलको म्युजिक भिडियोले अवार्ड हात पारेको हो । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ ।
शान्ती प्रियको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा प्रेमका रागहरु गीतमा समेटिएको छ । चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशन , अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादनमा भिडियो तयार गरिएको छ । गीतमा प्रेमी प्रेमीकाको जोडिको रुपमा अनु शाह , श्रीदेव र जेनिसाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया