राजु बोहरा–काठमाडौँ । स्थापना भएको छोटो समयमा नै प्रतिभा म्युजिक प्रा.लि ले नेपाली गीत संगीतको क्षेत्र माधुर्यता बाट अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल भैसकेको छ । दर्शक श्रोता मात्र होइन यस म्युजिक प्रालिले धेरै कलाकारहरुको सृजनालाई न्याय दिएर बजार व्यवस्थापन गर्दै कलाकारहरुलाई आकर्षित पनि तुल्याइसकेको छ । सोहि क्रममा पछिल्लो पटक प्रतिभा म्युजिक प्रा.लि ले प्रेम सागर परियारको दशैँ गीत “नसुनाउ दुख कसैलाई” को पनि बजार ब्यवास्थापनको जिम्मा पाएको छ । यस गीतमा बालकुमार श्रेष्ठ र मिरा भुजेलको सुमधुर स्वर सुन्न सकिन्छ । प्रतिभा म्युजिक प्रालि कै संचालक रमेश श्रेष्ठको लय सिर्जना बाट तयार भएको यस गीतलाई प्रेम सागर परियारले शब्द लेखेका छन् ।

प्रस्तुत गीतको म्युजिक भीयोमा बिमल अधिकारी र सिर्जना श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन अमर शाक्यले गरेका छन् । गीतको भाव अनुसार बर्षौ सम्म पनि आफ्नो प्यारा संग दशैँ मनाउन नपाउदा यो साल भने जसरी घर आउनु भन्ने किसिको भनाइ समाबेस गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया