राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको स्तर सम्वृद्धिको निमित्त उल्लेखनीय भूमिका निर्वाह गरिरहेको मेशना डिजिटल प्रालिले एक पछी अर्को गर्दै उत्कृष्ट गीत संगीतहरु बजारमा ल्याइरहेको छ । सोहि क्रममा पछिल्लो पटक बिजय दशमी तथा दिपावलीको शुभकामना सहित “परदेशीको पर्खाइ” बोलको गीत पनि बजारमा ल्याएको छ । विशेषगरी बाध्यता र बिबस्ताको कारण धेरै वर्ष सम्म पनि आफ्नो प्यारा संगै रहेर दशैँ पर्ब मनाउन नपाएको हुँदा यस बर्ष भने बाटो हेरेर बस्छु भन्ने जस्तो भाव यस गीतले बोकेको छ । तर यो हुँदा हुँदै पनि दशैँ तिहार संगै मनाउन आउन पाइन् भन्ने प्रतिउत्तरको भाव पनि यस गीतमा रहेको छ ।

मेशना डिजिटल प्रा.लि कै संचालक रोशन परियारको लय द्वारा सुसजित यस गीतलाई शब्द भने अमित बाबु रोकायाल लेखेका हुन् । अशंख्य प्रबासी नेपालीहरुको यथार्थतालाई चित्रण गर्दै तयार पारिएको यस गीतमा बिष्णु माझी, खेमराज बि.क र हरी डी,के को सुमधुर स्वर सुन्न सकिन्छ । निकै घत लाग्दो भाव लहरिले सुसजित यस गीतको म्युजिक भिडियोमा सारिका के.सी दुर्गेश थापा,सुमित्र गिरी र गौरब देखिएका छन् । कपिल लामा द्वारा निर्देशित भिडियोलाई छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन सुजन शाहीले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया