काठमाडौँ अशोज १३ – रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमितिको १७ औं केन्द्रिय साधारण सभा, श्रस्टा सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रम २०७५ स्याङ्जाको वालिङ्गमा आज भब्य रुपमा सुरुवात भएको छ । आज सुरुवातको पहिलो दिन पन्चेबाजा सहित बजार परिक्रमा गर्नुका साथै ख्याती प्राप्त रास्ट्रीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । केन्द्रिय अध्यक्ष बद्री पङ्गेनिको अध्यक्षता रहेको कार्यक्रममा केन्द्रिय महासचिव सुबास के.सि को संचालन रहेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उद्द्यन मन्त्रालयका सचिब कृष्ण प्रसाद देबकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न जिल्ला कार्यसमिती, अञ्चल कार्यसमितीका पदाधिकारी एबम प्रतिनिधि, चर्चित कलाकारहरु, पत्रकारहरु, सुरक्षाकर्मिहरु, स्थानिय कलाकारहरु लगायत थुप्रै दर्शकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको पहिलो दिन १३ गते औपचारिक कार्यक्रम र चर्चित कलाकारहरुको गायन प्रस्तुती रहेको थियो ।

साधारण सभाको दोस्रो तथा अन्तिम दिन १४ गते श्रस्टाहरुलाई सम्मान गर्नुका साथै बिबिध सांस्कृतिक कार्यक्रम सङ्गै सोहि साधारण सभाको समापन गरिने कुरा जानकारिमा आएको छ । उक्त कार्यक्रममा  पत्रकार एबम निर्देशक प्रकाश बराईली “अभिब्यक्ती” ले मिडिया संयोजन गरेका थिए भने राजकुमार रायमाझीले युगबाणी नेटवर्क मार्फत रेडियो उपत्यकाबाट प्रत्यक्ष प्रसारण गरेका थिए । १७ औं केन्द्रिय साधारण सभा, श्रस्टा सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रम २०७५ को पुर्ण सफलताको लागि हाम्रो तर्फबाट शुभकामना ।

तपाईको प्रतिक्रिया