राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली नजिक आइरहंदा, आफ्नो आफन्त घर फर्किने हो कि होइन भन्ने त्रासले आम घरदेश बासीहरु यतिबेला छटपटाइ रहेका हुन्छन् । हुन पनि बाध्यता र बिबस्ताको कारण परदेश पुगेका आफ्ना आफन्त यो समयमा घर नफर्किंदा जो कोहीको पनि मुटु पोल्ने गर्दछ । यो हुँदा हुँदै पनि नेपाली गीत संगीतको क्षेत्र संग सम्बन्धित कलाकारहरुले विभिन्न गीत संगीतको माधुर्यता मार्फत उनीहरुको आलो घाउमा मलम पट्टि लगाउने कोसिस गरिरहेका हुन्छन् । तर यसरी बजारमा आएका गीतहरुमा छुट्टी नमिलेको कारण यसपालिको दशैमा घर आउन सकिन भन्ने किसिमको भावले त सुन्ने र सुनाउनेको लागि मन थाम्न गाह्रो हुन्छ नै साथमा यसपाली त जसरी पनि घर आउंदै छु भन्ने भन्नेभाव बाट घरदेश फर्किनेको लागि खुसि छाए पनि आफ्नै साथी झोला बोकेर हिंड्दा सोहि कर्मभूमिमा रहेनेहरुका लागि भने अझै सहि नसक्नु हुने गर्दछ ।

हो यस्तै पेरिफेरीमा एक भर्खरै बजारमा आएको छ । बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा पूर्णकला बि.सी र तेजु परियारको सुमधुर स्वर सजिएको छ । “जय दुर्गा माता” नामको साथमा बजारमा आएको यस गीतलाई लय तथा शब्द सिर्जना उनी छोटो समयमा हरेक सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल अनिल खनालले गरेका हुन् । सर्जक अनिलले अहिले सम्म आधुनिक तथा लोक दोहोरी सामाजिक यथार्थता बोल्दै अशंख्य संगीत पारखिहरुको मन जितिसकेका छन् । हाललाई यस गीतको अडियो मात्र सार्बजनिक भएको छ । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

पुरै गीत सुन्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया