राजु बोहरा–काठमाडौँ । बडा दशमी नजिक आइरहेको छ । यो बेला आम प्रबासीहरु घर देश आउन नपाउंदा छटपटाइरहेका छन् र पनि मुटु थामेर यो पर्वको समय बिताउनु पर्ने उनीहरुको बाध्यता छ । हो यस्तै पेरिफेरीमा तयार पारिएको एक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत बिक्रम आचार्यको प्रस्तुतिमा “रुँदै जान्छ रात” नामको साथमा बजारमा आएको हो । आफ्नी आमाको न्यानो काख बटा अलगिएर प्रबाशमा रहनु परेको एक दुखदायी बिलौना समाबेस गरिएको यस गीतलाई लय पदम न्यौपानेले भरेका हुन् भने शब्द हाल प्रबाश मा नै रहेका महेश नेपालले तयार पारेका छन् । गीतमा पूर्णकला बि.सी र बिक्रम आचार्यको रहेको छ ।

यस भन्दा अगाडी पनि धेरै गीतहरुमा आफ्नो कर्णप्रिय स्वर मिसाएर बजारमा पठाइसकेका बिक्रमको यस गितको म्युजिक भिडियोमा बिमल अधिकारी, हिउवाला गौतम र बाल कलाकार अभिषेक आचार्यको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शोबित बि.क ले गरेका हुन् भने छायांकन रामेश्वर हुमागाईं र सम्पादन रबिन बि.क ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया