राजु बोहरा–काठमाडौँ । आफ्नै घर परिवार संगै बसेर दशैँ तिहार मनाउने चाहना भएता पनि यति बेला कयौं प्रवासीहरु परदेशमा नै गुम्सिएर बस्नु परेको अवस्था रहेको छ । त्यसैले यसरी गुम्सिएर रहनु परेको अशंख्य प्रबसिहरुको पिंडालाई ध्यानमा राखेर धेरै गीतहरु पनि सार्बजनिक भैरहेका छन् । सोहि क्रममा पछिल्लो पटक राजु नेपालीको प्रस्तुति “यसपालिको दशैं तिहार” बोलको गीत पनि सार्बजनिक भएको छ । प्रस्तुत गीतमा सन्तोष बस्नेत र कमला खड्काको कर्णप्रिय स्वर सुन्न सकिन्छ ।

दिपक सगर तिवारीको लय र सरोज निरोज बुढाथोकीको मुटु छुने शब्द सिर्जना बाट सजिएको यस गीतको म्युजिक भिडियोमा आशा खड्का र दोर्जे लामाको जिबन्त अभिनय रहेको छ । भिडियोलाई निर्देशन रामचन्द्र बोहराले गरेका हुन् भने छायांकन नवराज घिमिरे र सम्पादन शक्ति प्रजोल घिमिरेले गरेका छन् । हामी यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया