राजु बोहरा–काठमाडौँ । पोहोर साल पनि संगै दशैँ मान्न घर आउछु भन्थ्यौ तर अर्को साल आउछु भन्दै टारेका थियौ, यो साल पनि आएनौ, किन आएनौ ? यस्तै प्रश्न चिन्ह खडा गरिएको दशैँ गीत भर्खरै बजारमा आएको छ । नरेन्द्र सिंह टमटाको प्रस्तुतिमा रहेको उक्त गीत “बिदा पाएन” बोलको हो । शान्ति श्री परियार र नरेन्द्र सिंह टमटाको कर्णप्रिय स्वर लहरीमा सुसजित यस गीतलाई प्रतिभा म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

नरेन्द्र सिंह टमटाको मन छुने लय तथा शब्द सिर्जना बाट तयार भएको यस गीतको म्युजिक भिडियोमा आशा खड्का र राज बानियाको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन रामचन्द्र बोहराले गरेका हुन् भने छायांकन नमराज घिमिरे  र सम्पादन शक्ति प्रजोल घिमिरेले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया