राजु बोहरा–काठमाडौँ । जब सारंगीको धुन कानमा गुन्जिन्छ तब यसै-यसै मन बहकिने गर्दछ । अझै भन्नु पर्दा संचार माध्यमको बिकाश नहुँदा पहिलेका दिनहरुमा कुनै पनि एक ठाउँको घटनालाई अर्को ठाउँमा सारंगीको धुन संगै गाइने दाइहरुले पुर्याउने गर्दथे । त्यसैले पनि ति सारंगीक धुनाहरुले कुनै दुखका अथवा सुखका घटना बोले कि भन्ने महसुस हुनु स्वाभाविक हो ।

हो यस्तै पेरिफेरिमा सारंगीको धुन संगै बिगत निकै लामो समय यता सारंगी बादकको भूमिका बाट परिचित गायक हेमन्त कान्छा पनि यति बेला एक परदेशीको कथा आफ्नो सारंगीमा रेटेर आइपुगेका छन् । “साथमा धन छैन” नामको साथमा सार्बजनिक भएको निकै मर्मस्पर्सी यस गीतलाई सपना रसाइलीले लेखेकी हुन् ।

बिजय दशमी तथा दिपावली नजिक आइरहँदा छुट्टी मिलेता पनि गरिबीको कारण परदेशिएका एक नेपालीको गोजी रित्तो हुँदा घर फर्किन मन नभएको कथामा समाबेश यस गीतको म्युजिक भिडियोमा रमा थपलिया र जय देवकोटाको जिबन्त अभिनय देख्न सकिन्छ । हेमन्त कै लय द्वारा सुसजित यस गीतको भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन प्रवेश पोख्रेल, संजय राई (काले भाई) र सम्पादन सुरेश श्रेष्ठले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया